४७ मतले सांसद बन्न चुकेका मंगलबहादुर शाही कांग्रेस छाडेर रास्वपामा प्रवेश ।।


हुम्लाको सर्केगाड गाउँपालिका–५ निवासी नेपाली कांग्रेसका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका शाहीले मंगलबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर पार्टी सभापति रवि लामिछानेको हातबाट टीका लगाउँदै पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश पश्चात आफुले नेपाली काँग्रेशबाट केही हुँन नसक्ने भन्दै नयाँपार्टीले केहि नयाँ काम गर्ने देखर पाटीमा प्रवेश गरोको बताउनु भयो उहाँले रास्वपामा कुनै बाचा बन्धन गरी प्रवेश नगरेको र पार्टीले कुनैपनि जिम्मेवारी दिए सम्हाल्न तयार हुँने बताउँदै भन्नु भयो…….

Mangal Bdr Shahi
शाहीको रास्वपा प्रवेशलाई हुम्लाको राजनीतिमा चासोका साथ हेरिएको छ । उहाँ सामान्य राजनीतिक कार्यकर्ता मात्र नभई विगतमा विभिन्न राजनीतिक तथा सांगठनिक जिम्मेवारी सम्हाल्नुभएका र निर्वाचनमा समेत प्रतिस्पर्धा गरिसक्नु भएका नेता हुनुहुन्छ ।

शाहीको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण देखिन्छ । उहाँले कर्मचारी सेवाबाट राजीनामा दिएपछि सक्रिय नेपाली कांग्रेसमा आबद्ध भई २०७४ सालको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली कांग्रेसका तर्फबाट सर्केगाड गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बन्नुभएको थियो । त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसबाट हुम्लामा उम्मेदवारी दिनुभएका शाही स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामासँग जम्मा ४७ मतको अन्तरले पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गर्दा शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेश, नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादी लगायतका दलहरुको गठबन्धनबाट उहाँलाई टिकट नदिएपछि नेपाली कांग्रेसबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएका शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गरी पराजय हुँनु भएको थियो ।

हुम्लाको राजनीतिमा नेपाली काँग्रेशका पुराना नेता चक्रबहादुर शाहीका भतिजासमेत रहनुभएका मंगलबहादुरको राजनीतिक पहिचान जिल्लामा पुरानै छ । नेपाली कांग्रेस हुँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा पुग्नुभएका शाहीको पछिल्लो निर्णयले हुम्लाको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । विशेषगरी लामो समय दुई वर्षे विद्यार्थी राजनिति र ४० वर्ष कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका र विगतमा विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका उहाँले रास्वपा रोज्नुलाई आगामी राजनीतिक समीकरणका दृष्टिले पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मितिः     १८ कार्तिक २०८३, मंगलवार १८:२२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *