काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउन क्षेत्रीलाई प्रवक्ता तोकिएको हो ।
यसअघि प्रहरी प्रवक्तामा डीआइजी विश्वराज पोरखेल थिए । पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा भएपछि रानीपोखरीमा रहेका डीआईजी आईजीपी सचिवालयमा सरुवा भएका थिए ।