‘चपली हाइट–३’को छायाङ्कन सकियो


काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को छायाङ्कन सकिएको छ ।

निकेश खड्काले निर्देशन गरेको चलचित्र छायाङ्कन ३२ दिनमा सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए ।

सस्पेन्स थ्रिलर चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् । चलचित्र चैत २८ गते रिलिज हुने छ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:२२  |