सहरी विकासमन्त्री राईले पनि दिए राजीनामा


काठमाडौं । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

“मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेबारी दिनुभएकोमा नेपालको संविधान धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु,” राजीनामा पत्रमा भनिएको छ, “सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।”

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *