राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो, सातवटै प्रदेशमा एक-एक स्थानबाट मतदान गर्नुपर्ने


रेडियो श्रीनगर सम्बाददाता

काठमाण्डौं, पुस ११ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तोकेको छ ।

आयोगले प्रदेश–१ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् ।

त्यसैगरी प्रदेश–२ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् ।

प्रदेश–३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।

गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् ।

प्रदेश–५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।

कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।

त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

 

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार ०८:२०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *