१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)


काली बहादुर थापा
हुम्ला । जिल्लाको अदानचुली गाउँपालीकाको श्रीनगर प्रहरीले चीनियाँ मदिरा बरामत गरेको छ ।

ईलाका प्रहरी कार्यालय श्रीनगरले आज (शुक्रबार) अदानचुली गाउँपालीका वडा नं ३ स्थीत भान्जी होटलमा राखीएको १३ काटुन ३ बोतल अर्थात ४ सय ८० एमएल का १ सय ५९ बोतल चीनियाँ मदिरा बरामत गरीएको प्रहरी नायब निरिक्षक मिमबहादुर खड्काले बताउनुभयो ।

होटलमा लुकाएर राखेको अवस्थामा गोप्य सूचनाको आधारमा पत्ता लगाई शुक्रबार दिउँसो बरामत गरीएको हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामबहादुर घर्तीले बताउनुभयो ।

जुम्ला जिल्ला स्थीत सिजाका बिस्नु बुढाले करिब ६ महिना अघिबाट श्रीनगरमा होटल व्यवसाय गर्दै आएका छन् । उहाँकै होटलमा छिपाएर राखेको अबस्थामा बरामत गरीएको तर कसको मदिरा हो र कसले छिपाएर राखेको भन्ने बारे अनुसन्धान भैरहेको बताउनुभयो । शुक्रबार सबै मदिरा बरामत गरीएको बताउँदै प्रहरी नायब उपरिक्षक घर्तीले जिल्ला प्रशासन कार्यालय हुम्ला र उद्योग बाणिज्य संघसँग सल्लाह गरेर मात्र नष्ट गर्ने वा के गर्ने भन्ने बारे निर्णय लिने बताउनुभयो ।

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार १९:३९  |