नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार


२५ माघ हुम्ला । सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् । मंगलबार रातीबाट सुत्केरी बेथा लागेको भए पनि संचार सम्पर्क नभएका कारण बिहीबार दिउसोमा खबर आएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताइन् ।

सुतकेरी व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए । उनले लिमिमा रहेको भिसेट सिडिएमए सेवाले राम्रोसंग काम काम नगरेकाले समयमा सम्पर्क गर्न नसक्दा समयमै उद्धार गर्न नसकिएको बताए ।

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार ०९:४१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *