(कोभिड १९) सँग लड्न अनिवार्य हात धोउँ


चैत्र १६ मुगु । बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरस (कोभिड १९) सँग लड्न प्रत्येक नागरीकले अनिवार्य साबुन पानीले हात धुनु पर्ने चिकित्सकले बताएका छन् ।


त्येसै गरी मुगु जिल्लाको सोरु गाउँपालिकाले प्रत्येक नागरिकलाई साबुन पानीले अनिवार्य हात हुँनु पर्ने भन्दै जनचेतना दिने तर्फ अग्रसर भएको छ ।

सोरु गाउँपालिकाले आफ्नो गाउँपालिकाको सिमा नाकामा रहेका हेल्पडेक्समा अनुगमन गर्ने क्रममा भेटिएका नागरीकलाई (कोभिड १९)को बारेमा प्रचार प्रचार गर्दै यस सँग लड्न साबुन पानी र माक्सको अधिवार्य प्रयोगले मात्र जित्ने गाउँपालीकाका निमित्त प्रमुख प्रशासकिय धान्य बुढाले बताए ।

नेपाल प्रहरी सहित स्वास्थ्यक्रमीको टोलीलाई लिएर अधिकृत बुढा प्रत्येक गाउँ गाउँमा लकडाउनको प्रभावसँगै महामारी भित्रिन नदिन नागरिकले खेली रहेको भुमीकाको बारेमा बुझ्न हिडेको सोरु गाउँपालीकाका पशु प्राबिधिक बिनोद शाहीले बताए ।

नेपाल सरकारले गरेको लकडाउनको समयमा गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेको छ । यता नेपाल सरकारले भने समुह भेला नगर्ने भन्दै लकडाउनको घोषणा गरेको छ । तर उहाँहरु अनिवार्य साबुन पानी र माक्सको पर्योग गर्नु पर्ने भन्दै प्रचार प्रसारमा हिडेका छन् ।

फोटोमा देखीएझै स्वास्थ्यक्रमीसँग भने गाउँपालिकाले सुरक्षाका सामाग्रीहरु उपलब्ध नगराएकाेले हुम्ला जिल्लाको जैरमा रहेकाे फेज नेपालकाे कार्यालयबाट माक्स उपलब्ध गरेकाे बालुकुना हेल्पडेक्समा खटीएका स्वास्थ्यक्रमी करन बि कले दुखेसाे पाेखे ।

त्यहाँ सामान्य बिरामीको लागि पनि ‍औषधी पनि गाउँपालिकाले उपलब्ध नगराएकोले हेल्पडेक्समा आएका सबैलाई सल्लाह सुझाब दिएर पठाउने गरेकाे स्वास्थ्यक्रमीले बिकले बताए ।

प्रकाशित मितिः     १६ चैत्र २०७६, आईतवार २१:०९  |