(कोभिड १९) लाई केन्द्रीत गरी सोरु गाउँपालिकाले राहत बितरण गर्दै


चैत्र २४ मुगु । मुगु जिल्लाको उत्तरी भेगमा रहेको सोरु गाउँपालिका वडा नं ७ को सिपमा गाउँपालीकाले राहत बितरण गरेकोे छ ।

बिस्वकै महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात (कोभिड १९) सबै ठाउँ नफैलियोस भन्दै सरकारले लकडाउनको घोषणा गरेसँगै दैनीक ज्यालादारी गर्ने कामदारहरुलाई सामान्य खान बस्न समेत समस्या भएको भन्दै गाउँपालिकाले राहत बितरण गर्ने घोषणा गरे सँगै बिभिन्न वडाहरुमा बितरण गर्दै आएको छ ।

सोमबार वडा न ७ को सिपका २ सय ८५ घरधुरीलाई ३०।३० केजीको चामल बितरण गरीएको वडाअध्यक्ष राजेन्द्र बुमीले बताए ।
वडा भित्र रहेका २ सय ८५ घरधुरी सँगै ६ जना एकल महिला,६ जना अपांग,२५ जना जेष्ठ नागरीक र ४ जना मजदुर गरी ३२६ ब्याक बितरण गरीएको गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले बताईन् ।

प्रकाशित मितिः     २४ चैत्र २०७६, सोमबार २१:२२  |