दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्वार


दाने बोहरा
कार्तिक ३० हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ लगिएको छ ।
संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आइतबार महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको हो । चार दिन पहिले गरेको परीक्षणमा कोरोना संक्रमण देखिएका श्रीमान–श्रीमतीलाई काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताउनु भयो ।

संक्रमितलाई शनिबार बेलुका नै स्वास फेर्न असजिलो भएको खबर आए पनि उद्धार गर्ने कुनै बिकल्प नहुँदा आइतबार निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर काठमाडौँ लगिएको होे । नाम्खाका अरु ११ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मितिः     ३० कार्तिक २०७७, आईतवार १८:४६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *