भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै


काठमाडौं । नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ ।

वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै छन् ।

प्रधानमन्त्री केपी शर्माले ओलीले दिनु भएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिनु हुनेछ । मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाएका हुन् ।

प्रधानमन्त्री ओलीले हिजोको भेटमा केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस र छलफल होस भन्ने चाहेको सन्देश पठाएका हुन् ।

सीमा विवादका कारण झन्डै एक वर्षदेखि रोकिएको संवाद औपचारिक रूपमा खुला भएको छ । परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको आशंका अन्त्य गरेको छ । दुुई मुलुकबीच संवादको ढोकासमेत खोलिदिएको छ ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो । विदश सचिव शृंगला आज मध्यान्न फर्किने कार्यक्रम छ ।

प्रकाशित मितिः     १२ मंसिर २०७७, शुक्रबार १०:०९  |