नेकपा सचिवालय बैठक सकियो : अर्को बैठक मंगलबार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको हो । अर्को बैठक मंगलबार अर्थात् मंसिर १६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रकाशित मितिः     १३ मंसिर २०७७, शनिबार १५:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *