सोरु गाउँपालिकाले मंसिर १५ बाट बिद्यालय खोल्दै


मंसिर १३ मुगु । मुगु जिल्लको सोरु गाउँपालिकाले १५ गतेबाट गाउँपालिका भित्रका सबै बिद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिका भरिका सबै सरकारी तथा गैर सरकारी बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिनु दिनु भयो ।

लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको बताउनु भयो ।

हिजै बसेको बैठकले सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत मात्र भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिबलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको बताए ।

गाउँ कार्यपालिकाको बैठकले कृषि र पशु बिकास शाँखामा नेपाल सरकारको स्बीकृत दरबन्दीको लागि गएको साउन १५ गते प्रकासीत सुचना अनुसार प्रारम्भीक योग्यताक्रममा छनौट भएका परिक्षार्थीको मंसिर २० र २१ गते परिक्षा मिती तोकीएको  छ ।

प्रकाशित मितिः     १३ मंसिर २०७७, शनिबार २०:१६  |