अपाङ्गता भएका व्यक्तिहरुको न्याय तथा सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही


म‌सिर १८ सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभिन्न कारणबाट अपाङ्गता भएका कर्णाली प्रदेशवासी सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, पुर्र्नस्र्थापना, न्याय तथा सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना शन्देस दिँदै  मुख्यमन्त्री शाहीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

साथै मुख्यमन्त्री शाहीले अपाङ्गता भएका व्यक्तिहरुमा अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने,‘ जसका लागि संघीय र स्थानीय तहका सरकार सँगको समन्वयमा आवश्यक नीति, योजना, कार्यक्रम र बजेट निर्माण गरी कर्णाली प्रदेश तथा समग्र राष्ट्रको विकासको मुलप्रवाहमा समेट्न प्रदेश सरकार तत्पर छ ।’

कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण यो दिवसलाई सामुहिक भेला भई मनाउन सक्ने अवस्था छैन्,’ शाहीले भने ,‘ दिवसको महत्वलाई आत्मसाथ गर्दै वैकल्पिक माध्यमको प्रयोग गरी अपाङ्गता सम्बन्धी सामाजिक सचेतना निर्माण गर्ने, अपाङ्गता भएका नागरिकहरुको हक अधिकारको लागि विचार विमर्श एवं पैरवी गर्ने लगायतका कार्यहरु गर्न आग्रह गर्दछु ।’

साथै शाहीले अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसले अपाङ्गता भएका नागरिकहरुलाई हेला होचो र हेयका दृष्टिले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन्का लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने सुभेच्छा व्यक्त गरेका छन ।

कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता स् अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धताु भन्ने मुल राष्ट्रिय नारासहित यो दिवस मनाउन लागिएको छ ।

प्रकाशित मितिः     १८ मंसिर २०७७, बिहीबार ०९:५१  |