हुम्लालाई राष्टिय सडक सञ्जालमा जोड्न जिल्लाको भिइपी टिम द्धारा अनुगमन(फोटो फिचर सहित)


मंसिर २७ हुम्ला । राष्टिय सडक सञ्जालमा नजोडीएको हुम्लामा औपचारीक रुपमा सडक सञ्चालन गर्न भन्दै आएको अनुगमन टोलीले हुम्ला जिल्लाको सिमाना मैला कवाडी देखी सर्केगाड गाड गाउँपलिका १ जैर सम्मको सडक अनुगमन गरेको छ । धुलाचौर देखी बाजुराको कवाडी हुँदै हुम्लाको बालुकुना सम्म करिब २७ किलोमिटर सडको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी गिरिको नेतृत्वमा आएको उक्त टोलीमा संघिय संसद छक्क बहादुर लामा,जिल्ला समन्य समितिका प्रमुख दान बहादुर रावत,अदानचुली र ताजाकोट गाउँपालिका अध्यक्ष सहित सुरक्षा निकायका प्रमुखहरु रहेका छन् अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी चिरन्जीबि गरीरीले आफुहरुमा क्रमचारीको अभाब भएका कारण अनुगनमा ढिलाई भएकाले यसलाई दिगो रुपमा सुचारु गर्न लागेको बताउनु भयो ।


अनुगमन पश्चात फर्किने क्रममा हुम्ला जिल्लाबाट प्रतक्ष निवाजीत संसद छक्क बहादुर लामाले अब सडक पुगि सके पछि हामीहरु ध्वाङ् खाने ठाउँका नागरिकहरु भएकाले सडकले साहुमहार्जनलाई मात्र भलाई गर्ने भएकाले तपाई हामीहरु कुल्लीबाट बच्न होसीयार हुँनु पर्ने बताउनु भयो ।

हुम्ला जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले भने “जहाँ सडक आउँछ त्यहा सुख सुबिधा पनि आउने भएकाले यति छिटो जिल्लामा सडक पुगाएकोले सडक खन्ने जिम्मा पाएको नेपाली सेनालाई हुम्ला जिल्लाको तर्फबाट धन्यबाद दिनु हुँन्छ ।”

जिल्लाकै मुख्य टिमले अनुगमन गरेका छौ , सडकमा सवारी सुचारु गर्न उपयुक्त भएकाले अब नियम र बिधि प्रकृयालाई ब्यबस्थीत गर्नको लागि अनुगमन भएको बताउँदै अबको हप्ता १० दिन भित्र पुरा हुँने अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

नेकपाका हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसीले भने लामो समयको प्रयास मार्फत हुम्ली नागरीकहरु राष्टिय सडक सञ्जालमा जोडीन लागेकोले अत्यन्तै खुसी भएको बताउँदै अब नागरीकहरुले उत्पादनमुखी र ब्यबषायीक रुपमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

अनुगमन पश्चात बसेको बैठकले मैला कवाडी देखी हुम्लाको सर्केगाड गाउँपालीका १ बालुकुना सम्म रहेको २७ किलोमिटर सडकमा यातायात सुचारु गर्नको लागि सम्बन्धीत निकाय समक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गिरीले बताउनु भएको छ ।

अनुगमनमा संलग्न ताँजाकोट गाउँपलिकाका अध्यक्ष बागदल छत्यालले यातायात नहुँदा हुम्ली नागरीकले अत्यन्तै कष्ट खेप्नु परेको बताउँदै यो अनुगमको प्रतिबेदनले हुम्ली जनतालाई सुखका दिन आएको महसुस गराउने बताउनु भयो ।

आज गरेको अनुगमन टोलीको सम्पुर्ण खर्च अदानचुली र ताँजाकोट गाउँपालिकाले गरेको गाउँपालिका स्रोतले जनाएका छन् के कती खर्च भयो उक्त टोली सिमकोट पुगी सकेपश्चात एकिन हुँने जनाएका छन् ।

को को थिए त सडक अनुगमनमा ?

१.चिरन्जीबी गिरी प्रमुख जिल्ला अधिकारी
२.माननिय छक्क बहादुर लामा(संघिय सांसद)
३.दान बहादुर रावत जिल्ला समन्वय समिति सभापती
४.दल फडेरा अध्यक्ष (अदानचुली गाउँपाल्किा)
५.बागदल मल्ल अध्यक्ष(ताँजाकोट गाउँपालिका)
६.दामु पुन प्रहरी निरीक्षक
७.प्रदिप कार्की उप सेनानी
८.मोहनराज बिष्ट (स.प्र.ना.उ)
९.सञ्जीब चौधरी(अनुसन्धान अधिकृत)
१०.मञ्जु बुढा उपाध्यक्ष(ताँजाकोट गाउँपालीका)
११.लालकेश जैसी(जिल्ला कमीटी अध्यक्ष नेकपा)
१२.लालप्रशाद जैसी(प्रमुख प्रशासकिय अधिकृत) ताँजाकोट
१३.टक दत्त प्याकुरेल(प्रमुख प्रशासकिय अधिकृत) अदानचुली
लगायत अदानचुली र ताँजाकोट गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधि सहित हुम्ला,मुगु र बाजुराका स्थानीय नागरीकहरु ।

 

प्रकाशित मितिः     २७ मंसिर २०७७, शनिबार २१:५९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *