कक्षा १२ को परीक्षाफल भोलि प्रकाशन हुने


काठमाण्डौं १८ माघ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा माघ १९ गते सोमबार प्रकाशन गर्ने भएको छ । कक्षा १२ को नतिजा सोमबार १२ बजे भित्र प्रकाशन गर्न सम्पूर्ण तयारी सकेको राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ ।

विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा नतिजा प्रकाशन गर्न ढिला हुन गएको थियो । विद्यार्थीहरुको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण माघको पहिलो सातामा पनि नतिजा प्रकाशन गर्ने भनिए पनि नतिजा प्रकाशन हुन सकेको थिएन ।

कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय सहभागी परीक्षार्थीहरु नतिजाको पखाईमा रहेका छन् ।

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार २१:१५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *