राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्‍याली


माघ २१ काठमाडौं : प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार राजधानीमा मोटरसाइकल र्‍याली भएको छ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले राजधानीमा मोटरसाइकल र्‍याली निकालेको हो । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको हो ।

यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । बालकुमारी पुलबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ ।

प्रकाशित मितिः     २१ माघ २०७७, बुधबार २१:३१  |