अपाङ्गता परिचय पत्र बितरण गर्ने आधार तयार,स्वास्थ्य परिक्षण सम्पन्न


माघ २२ हुम्ला । लामो समय पश्चात अदानचुली गाउँपालिकाले अपाङ्गता परिचय पत्र बितरण गर्ने आधार तयार गरेको छ ।

स्थानीय सरञ्चालन भएको ३ वर्ष पुरा भए पनि अपाङ्गता बितरण समितिले पुर्णता नपाएर र बिशेषज्ञा डाक्टरको अभाबमा बितरण कार्य रोकीएको थियो । कोभिड १९ बिरुद्धको खोप सञ्चालनमा आएका डाक्टर नबिन रोकायाको नेतृत्वमा आएको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिका भरीका अपाङ्गता भएका ब्यक्तिहरुको गरेको छ ।

मंगलबारबाट स्वास्थ्य परिक्षण गर्ने भनिएता पनि समयको अभाबका कारण बुधबार बिहानैबाट परिक्षण गर्न सुरु गरी बिहिबार सम्म गरीएको स्वास्थ्य परिक्षणमा जम्मा ७६ जना अपाङ्गता परिचय पत्र पाउँने भएको जिल्ला अस्पताल हुम्ला सुचना अधिकारी भक्ती फडेराले जानकारी दिनु भयो । सुचना अधिकारी फडेराले भने हाम्रो टोलीले अन्य रोगका बिरामीहरु करिब १ सय भन्दा धेरैको परिक्षण गरेता पनि बास्तबिक परिचय पत्र पाउँने ७६ जना मात्र आए अरु सबै सामान्य रोगका बिरामीहरु आए उनले थपे ७६ जना मध्ये ६ जना अति अशक्त क वर्गमा पर्ने,अशक्त वा खबर्गका १८ जनाको परिक्षण गर्यौ भने १६ जना ग र ३६ जना घ वर्गका रहेका छन् ।

उक्त टोलीको नेतृत्व गरेका डक्टर नबिन रोकायाले भने अपांङ्गता परिचय पत्र पाउँनेहरुमा अधिकांस बालबालीकाहरु रहेछन् उनिहरु सानैमा सरसफाई देखी स्तनपानमा भएको समस्याका कारण अपांग भएको पायो ।

स्वास्थ्य परिक्षण पश्चात कुरा गर्दै गाउँपालिकाका कार्यबाहक अध्यक्ष दत्त बिष्टले भने हामीले अपांगता परिचय पत्र बितरण गर्ने आधार तयार गरेका छौँ यस भन्दा अघि हाम्रो गाउँपालिकामा ए बि बि एस डाक्टर नभएकै कारण अपाङ्गता परिचय पत्र बितरण कार्य रोकीएको थियो अब स्वास्थ्य परिक्षण भैसके पछि वर्ग समेत निर्धारण गरी सकेकाले गाउँपालीकाका अध्यक्ष उपाध्यक्ष आई सके पश्चात तत्काल परिचय पत्र बितरण गर्ने छौँ ।

प्रकाशित मितिः     २२ माघ २०७७, बिहीबार २२:१५  |