संसद बिगठन बिरुद्ध अनेम संघ हुम्लाद्धारा प्रजिअ मार्फत ज्ञापनपत्र(अडीयो सहित)


माघ २५ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन गरेको बिरुद्धमा अखिल नेपाल महिला संघले ज्ञापन पत्र पेश गरेको हो ।

प्रधानमन्त्रीले जनताको रगत र पसिना बगाए निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको त्यस बिरुद्ध अखिल नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य जुम्कीत लामाले बताउनु भयो ।

संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड बिरुद्ध लागेको आरोप समेत लगाईएको छ । त्यसै गरि संबिधानको पालन गर्नु ब्यक्तिले धज्जी उडाएको समेत आरोप लगाइएको छ । साथै संघले ज्ञापन पत्र मार्फन प्रधानमन्त्रीले चालेका कदमलाई यथाशिघ्र सच्याउन समेत आग्रह गरिएको छ ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी लामाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र पेश गरेको हो । लामाले प्रधानमन्त्रीको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने समेत बताउँदै भन्नु भयो………………………..

जुम्कीत लामा……

आजै दिनको १ वजेको समयमा ज्ञापन पत्र बुझ्दै प्रजिअ गिरीले तत्काल प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाईने बताउनु भएको छ ।

प्रकाशित मितिः     २५ माघ २०७७, आईतवार २१:१५  |