सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला


माघ २७ काठमाडौं : सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।  बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।

त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए। तर, संसद विघटन  विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो  लगाएको छैन्।

प्रतिनिधि सभा विघटनकाविरुद्ध सडक आन्दोलन गर्दै आएका नेकपाकै एक पक्ष र अन्य कतिपय दल र नेताहरुले भने वैशाखमा निर्वाचन गर्ने सरकारको नियत नभएको र सम्भव नभएको बताउँदै आएका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली आज ११ बजे  निर्वाचनको तयारीबारे छलफल निर्वाचन आयोग जाँदै छन्।  उनले नेकपा विवादको विषय र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयका विषयमा पनि छलफल गर्ने बताइएको छ।

प्रकाशित मितिः     २७ माघ २०७७, मंगलवार १०:१५  |