हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । ०७७ साउनदेखि ०७७ कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ ।
यदि निलम्वन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफू विरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले ०७७ माघ २९ गते बिहीबार देखि निलम्बन गरेका छन् । आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिन भित्र आफू समक्ष प्रमाण पेस गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्न समेत चेतवानी दिएका छन् ।
तर सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले भने आफुले सो कार्य नगरेको बताए । यो सवै प्रकृया हालका अधिकृत आचार्यले मदिरा सेवान गरेर गाउँपालिकाको लेटर प्याटको दुरुपायेग गरेर आफ्नो मानहनाी गरेको निमित्त अधिकृत शाहीले बताए ।
उनले भने अहिले पनि प्रमुख प्रशासकिय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पुर्ण काम गरि रहेको छु ।
मदिराले मातिएका आचार्यले मलाई यस्तो कार्य गर्यो भनेर आरोप लगाएता पनि अव उनका विरुद्ध आफु पनि खनिएर लाग्ने बताए ।
मिडियामा आउँदा वितिकै सवै सत्य हुन्छ भन्ने छैन, हालको प्रमुख प्रशासकिय अधिकृत आचार्य सरुवा भएका कारण रिसको आवेगमा शाही विरुद्ध खनिएको हो सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए ।
शाहीले हिनामिना गरेको प्रमाण आचार्यले जुटाउन सके मात्र कार्वाही हुन्छ नत्र सरुवा भएर गएका आचार्यले हावादारीमा बोल्न नमिल्ने गाउँपालिका अध्यक्ष रोकायाको भनाई छ ।