युवराज भण्डारी
फागुन ८ हुम्ला । दोस्रो चरणको खोप अभियानको पहिलो दिन अदानचुलीमा एक सय सत्र जनाले खोप लगाएका छन् ।
हुम्लामा कोभिड –१९ विरुद्धको ‘कोभिशिल्ड नामक खोप फागुन २ गतेबाट लगाउने भनिएता पनि भौगोलीक बिकटताको कारण अदानचुलीकामा ६ र ७ लगाएको छ। नेपाल सरकारले दोस्रो चरणमा कोरोना खोप पत्रकार र कुटनीतिक नियोगका कर्मचारी लगायत कोभिड १९ महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि बीहीबार र शुक्रबार गरी दुईदीन सम्म दोस्रो चरणको खोप सञ्चालन गरेको अदानचुली गाउपालीका स्वास्थ्य सँयोजक हँस महताराले बताए ।
डक्टर कबीराज पौडेल र अमीत राज गीरीको टोली बिहीबार अदानचुली गाउँपालिकामा आएर पहिलो दीनमा ३३ जना र दोस्रो दिन ८४ जना गरी एक सय सत्र जनालाई उक्त खोप लगाएको बताउनु भयो ।
पहिलो दिन लगाएको ३३ जना मध्ये एक जना महिला र ३२ जना पुरुषले लगाएका हुँन् । जसमा कर्मचारीहरु,सुरक्षाकर्मीहरु १४।१४ जनाले खोप लगाए भने एक जना पत्रकार, ४ जना बैकका कर्मचारीहरुले लगाएका हुँन् ।
भौगोलीक बिकटका कारण पहिलो दीन आउन ढीलो भए पनि दोस्रो दीन मात्र ८४ जनाले खोप लगाएका हुन् । जस मध्ये १३ जना महिला र ७१ जना पुरुषले खोप लगाएका छन ।
२६ जना मात्र जनप्रतीनीधी, २६ जना कर्मचारी,७ जना सुरक्षाकर्मी, ३ जना बैँकका कर्मचारीहरु, ३ जना गैर सरकारी सस्थाका कर्मचारी१७ जना शिक्षक, र २ जना अन्यले खोप लगाएका छन् । अदानचुली गाउँपालिकामा लगाई सके पश्चात सोही टोलीले ताँजकोट गाउँपालीकामा पनि लगाएको छ ।