असोज १८ हुम्ला । हिमाली जिल्ला हुम्लामा बर्षाका कारण कृषकलाई खाद्यन्न संकट हुने चिन्ता बढेको छ । असोज महिना लागे देखी दैनीक राती बर्षा हुन थाले पछि खाद्यान्न संकट हुने अबस्था देखिएको अलानचुली गाउपालीका वडा नम्बर २ का गोरख बुढाले बताउनुभयो ।
उनले भने”असोज पहिलो हप्ता देखी निरन्तर राति बर्षा हुने र दिनमा चर्काे घाम लागेका कारण खेत बारीमा लगाईएको कार्तिके बाली धान,मकै,कोदो,सिमी,मास,भट्ट खेतबारीमै कुहिएर उम्रिन थाले पछि यस बर्ष पनि खाद्यन्न अभाव हुने देखिन्छ” ।
यस ठाउका कृषकहरुले जेठ असारमा लगाएको कार्तिके बाली अहिले राम्रो संग फक्राएको बेला बर्षा हुदा बोटमै उम्रिएर खेर गएको छ । जेठ असारमा खडेरीका कारण बढ्न नपाएको बाली साउनमा बर्षा हुदा हर्लक्कै बढेको थियो तर अहिले सम्म निरन्तर बर्षा भईरहदा खेतबारीको बाली चौपायाबस्तुले समेत नखाने गरी बिग्रीएको बताउनु भयाे।
यस्तै अदानचुली गाउपालीका वडा नम्बर ४ का कृषक गोपाल जैसीले पनी यस ठाउमा बर्षा भईरहदा बर्ष भरी खाने अन्न बाली नभए पछि खाद्यान्न संकट हुने बताउनु भयो । आफ्नो ठाउमा कादो,धान,मकै,बदाम हुने हो,त्यही पनि बर्षाले खेतमै सखाप पारेपछि बर्ष भरी के खाने भनेर चिन्तामा रहेको बताउनुभयो । उहाले भन्नुभयो,साउनको महिनामा पानी परेर यसपाली राम्रो उब्जनी हुने भयो भनेर पहिला ढुक्क भएर बिकाशको काममा लाग्यौ अहिले एकै चोटी खेतमा जादा त बाली सखाप भएको बताएनुभयो । गत सालमा सिमी बेचर बजारको चामल किनेर दिन गुजारा गथ्यौ तर यो बर्ष अन्नबालीनै नफले पछि के खुवाएर जहान पाल्ने चिन्तामा रहेको बताउनुभयो ।
हुम्ला जिल्लाका सात वोटा गाउपालीका मध्य दछिणी क्षेत्रमा रहेका २ गाउपालीकाका कृषकहरुलाई बर्षाले बढी समस्या पारेको छ । यी २ गाउपालीकामा भण्डै ६ हजार जती मानिसहरु बसोवास गर्ने गर्दछन ति सबै मध्य करिव ४५ प्रतिशतलाई बढी मार परेको छ ।
अब यस ठाउका स्थायिहरुका लागि हरेक गाउपालीकाले योजनाहरुमा कामदारको रुपमा प्रयोग गरेर राजगारीको सिर्जना गरे राम्रो हुन्थ्यो । यी गाउपालीहरुमा यस बर्ष अन्न बाली त्यति राम्रो नभए पछि सहयोगका लागि प्रदेश र संघमा माग गरिदिन हुन स्थानियहरुले अनुरोध गर्नु भएको छ ।