हुम्लामा कंग्रेश बिभानको डिलमाःपौडेल पक्षले समानान्तर समिति घोषणा गर्यो


असोज १८ हुम्ला । नेपाली कांग्रेश हुम्ला प्रदेश क बाट सुरु भएको बिबाद अन्ततः समानान्तर समिति गठनमा पुगेको छ । प्रदेश सभा क को अधिबेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ ।

पार्टीको बिधान बिधी पद्धती र सिदान्त बिपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्षेत्र नम्बर क का समानान्तर समितिका सभापती लाकेन्द्र भण्डारीको अगुवाईमा समानान्तर समितिको घोषणा गरेको छ ।

समानान्तर समितिको उपसभापतीमा पेमा तामाङ र तिलक शाही,सचिव चन्दा फडेरा र लाकेन्द्र बहादुर लामालाई चयन गरेको छ यसै गरी सहसचिवमा राजप्रसाद जैसी, खुल्ला सदस्यमा जनक शाही,जगत बहादुर धामी,छिरिङयाङजु लामा,धर्मदत्त फडेरा,जस फडेरा,सुनीता बुढा,घमण्डी मल्ल,खसआर्यमा दाने फडेरा,बिक्रम बुढा,दलितबाट लालकला बिक ,जनजाती पासाङ बुढाथोकी,जनक तामाङ,खसआर्य महिला सदस्यमा नानीकला शाही,मायादेबी शाही चयन गरेको छ सदस्यमा गुठ बहादुर सिंह,प्रेम बहादुर बढाथोकी दिपक बुमी,पे्रमा सुनार लाई समानान्तर समितिको समितिमा चयन गरिएको निवार्चन क्षेत्र नम्बर क का समानान्तर समितीका सभापती लोन्द्र भण्डारीले बताउनु भयो ।

उनले हुम्लमा देउवा पक्ष भनिने केही ब्यक्तिले एकलौटी निर्वाचन गर्न लगाएर शक्तिको दुरुपयोग गरेको र तानाशाही प्रवृत्ति देखाएकोले यसको हिसाब आगामी चुनाबमा देखाउने भन्दै समानान्तर समितिको आज अधिबेशन गरेको बताउनु भयो । उनले भने भोली नै सिमकोटमा आफ्नो छुटै जिल्ला पार्टी कार्यलय उद्धाघाटन गरिने भएको बताउँदै देउवा पक्ष भनीने नेता जिवन बहादुर शाही पक्षले स्थायी शिक्षक देखी लिएर केही प्रत्रकारहरु समेतको नाम राखेको आरोप समेत लगाउनु भएको छ । नेता शाहीले आफ्नो छोरा,बुहारी देखी आफ्ना अगुवा पछुवाहरुलाई मात्र प्रतिनिधि बनाएकोले यसको भण्डाफोर भन्दै देशमा कंग्रेश बिभाजन नभए पनि हुम्लामा बिभाजनको डिलमा पुगेको पनि बताउनु भएको छ ।

प्रकाशित मितिः     १८ आश्विन २०७८, सोमबार १२:४०  |