मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा


कार्तिक ३० हुम्ला । कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् ।

मंगलबार विहान एक विज्ञप्ति जारी गर्र्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि दिसकेको बताए । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मितिः     १ मंसिर २०७८, बुधबार ०७:५५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *