पार्टीको निदेर्शन अनुसार एमाले हुम्लाको नवौं जिल्ला अधिवेशन एक महिनाका लागि स्थगित


पौष २२ बिहिबार हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको नवौं जिल्ला अधिवेशन पार्टीको केन्द्रिय निदेर्शन अनुसार एक महिनाका लागि पछि सरेको छ ।

पुस २३ भोलिबाट देशभरका ७७ वटा जिल्लामा एकसाथ नेकपा एमालेले जिल्ला अभिवेशन सञ्चालन गर्ने भएको छ । तर हुम्लामा भने एक महिनाका लागि स्थगित भएको छ । भोली हुने भनिएको नेकपा एमालेको जिल्ला नवौं अधिवेशन एक महिनाका लागि स्थगित भएको जानकारी प्राप्त भएको छ ।

सदरमुकाम सिकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटेलमा बसेको जिल्ला कमिटीको बैठकले माघ २३ गतेसम्मका लागि नवौं जिल्ला अधिवेशन स्थगित गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिनुभयो ।

मौसम प्रतिकुलता र पार्टीको विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको नेकपा हुम्लाले जानकारी दिएको छ ।

यस्तै आज बसेको बैठकले नेकपा एमालेमा नव प्रवेशीहरुलाई स्वागत गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः     २२ पुष २०७८, बिहीबार १८:४०  |