फागुन ८ आइतबार,हुम्ला । हिमाली जिल्ला हुम्लामा भाइरल ज्वोरोका बिरामीको संख्या उच्च रहेको छ । कोभिड (१९) को नया भेरीयन्ट ओमिक्रोन संक्रमण देशभरी फैलिनु भन्दा केही महिना यता उत्त बिरामीको संख्यामा बृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन । माघ महिना सकिएर फागुन महिना लागे यता बिरामीको संख्यामा बृद्धी भएको हो ।
भाइरल ज्वोरोका बिरामीको संख्यामा बृद्धी भए पछि स्वास्थ्य चौकीमा जानेको घुइचो लाग्ने गरेको पाइएको छ ।
हप्ता दिन देखी मात्रै अदानचुली गाउपालिकाको श्रीनगर स्वास्थ्य चौकिमा १ सय ६७ जना भाइरल ज्वोरोका बिरामी हरु उपचारमा आएको स्वास्थ्य चौकिका अहेब असोक महताराले बताउनु भयो । अहेब महतारका अनुसार महिना भरी मात्र ४ सय भन्दा बढी ज्वारोका बिरामीे उपचारमा आएको बताएका छन ।
कोरोना टेस्ट गर्ने किटको अभाब
कोरोना संगै मिल्दो जुल्दो लक्ष्यण भए पनि कोरोना टेस्ट गर्ने किट अभाबका कारण जाच गर्न समस्या भएको बताइएको छ । देबभरी कोभिड १९ सिसथिल बन्न लागे पनि हुम्लामी उत्त भाइरस संग मिल्दो लक्ष्यणका बिरामी संख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभइ अन्य गाउपालिकामा पनि ो बिमारीको संख्यामा बृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
सात वोट स्थानीय तह भएको हुम्लामा प्राय भाइरल ज्वोराका बिमारी भेटीन थालेका छन । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल बाहेक अन्य स्वास्थ्य सस्थामा यतिबेला किटको अभाब भएको छ ।
किट अभाब हुदा स्वास्थयकर्मीहरुलाइ जाच गर्न असहज भएको छ । यो बिरामी हुनेको संख्यामा बृद्धी भए पछि यस क्षेत्रका नागरीहरुलाइ झनै समस्या भएको पाइएको छ ।