अदानचुली ४ को मष्टा माडौमा गाडी पुग्दा दैनिक उपभोग्य समान निर्यात गर्न सहज


चैत ३ हुम्ला । हिमाल जिल्ला हुम्लाको पनि दुर्गममा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारो बजेटमै सडक निर्माण गरेर गाँउ नजिक गाडी पुर्या्एका छन । केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासपछि उधारोमै सडक निर्माण गरेर स्थानीयले गाउको नजीक मष्टा माडौ सम्म गाडी पुर्याएका हुन । दुई वर्ष लगातार स्थानीय उपभोक्ताले स्काभेटर मेसीन मार्फत सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँको नजि गाडी पुगेको छ । स्थानीयले यसरी गाडी चाँडै गाउँमा आउला भन्ने कल्पना समेत नगरेको अबस्थामा गाडी पुग्न लागेकोे बताउँदै पुग्दा खुसीयाली मनाएको बताइएको छ ।
गाडी पुगेसँगै रिल्मा गाउँ गाउँपालिका केन्द्र श्रीनगर कर्णाली करिडोरसँग जोडिएको छभने श्रीनगर बजार क्षेत्रबाट खाद्य्यन्न बस्तुको निर्यात सहजै हुने भएको छ । सडक स्थानीय उपभोक्ताहरुले स्काभेटर मेसीनबाट प्रदेश सरकार संघिय सरकारबाट बजेट आउने आसमा उधारोमा निर्माण भएको हो । स्थानीयको ईच्छा र चाहना भएपनि बिकास गर्न सकिने बताउदै बजेट आउने आशाका भरमा सडक निर्माण गरेर गाउँमा गाडी पुग्न लागेको हो । यस अघि उत्त गाउमा जान १ घण्टको ओरालो चडी उकाले चढ्नु पर्ने बाध्यताको अन्त्य हुन थाले पनि स्थाइनिय खुसी भएका छन । रिल्म र बिगोठी गाउँका जेष्ठ नागरिकलाई यति चाँडै गाउँमा जीप नै पुग्ला भन्ने विश्वासमा थिएनन ।
उनीहरुको आगन भन्दा डेढ किलो मिटर नजिक बोलेरो जीप पुग्दा चकित भएका छन । वडाध्यक्ष बिष्णु थापाले गत आर्थिक वर्षबाट मुख्यमन्त्री रोजगार कार्यक्रमबाट निर्माण सुरु भएको सडक यसवर्ष रिल्म गाउँसम्म जोड्न सफल भएको बताएका छन । यसबाट रिल्म गाउँवासीका लागि यात्रा गर्न, बिरामीलाई उपचार गर्न र खाद्यान्न तथा बिकास निर्माण सामाग्री ढुवानीमा सहजता हुने भएको छ । गाउँनजिक गाडी पुगेपछि स्थानीय वासिन्दाले वडा अध्यक्ष, गाडी चालक र यात्रुरुलाई लालीगँुरासका फुलमाला र अबिर खादा लगाइदिएर गर्नु भएको थियो ।
यसका लागि अघिल्लो आर्थिक वर्षमा अठार लाख ३५ हजार र चालु आर्थिक वर्षमा अठार लाख ३५ हजार बजेट खर्च भई सकेको र हालसम्म काम गरेको स्थानीय उपभोक्ताले पाउन अझै १५ लाख बाँकी रहेको छ । उधारोमा भएपनि सडक निर्माण गरेर गाउँमा गाडी पुग्न लागेको बताएका हुन ।
यसका लागि सात लाख बजेट वडाका लागि आई सकेको बडा अध्यक्ष थापाले बताउनु भएको छ । सडक सञ्जाल जोडिनुको महत्व स्थानीयले बुझेपछि यसरी उधारोमा काम गर्न स्थानीय राजी भएको बताउदै अब अर्को सोही वडाको बिगोठी गाउँमा सडक जोड्न बाँकी रहेको छ । उनले निर्वाचनमा वडाका सबै बस्तीमा सडक जोड्न गरेको बाचा पुरा भएको थापाको दाबी छ ।
यस्तै उत्त सडक बिगोठीबाट कटेल गाँउ हुदै अदानचुली ६ को लमैबाट पाल्स सम्म गइ रिङ रोड बन्ने भएको छ ।

प्रकाशित मितिः     २ चैत्र २०७८, बुधबार ११:१५  |