फागुन २८ हुम्ला । नेपाल कम्युष्टि पार्टी एमाले हुम्लाको अदानचुली गाउ कमिटीले नेकपा एमालेको बर्खरै सम्पन्न १० राष्टिय महाधिबेशनबाट निर्वाचित,हुम्ला जिल्लाको नावौ जिल्ला अधिबेशनबाट निर्वाचित र सहित परिवार हरुलाइ सम्मान गरेको छ ।
शनिबार बृहत आमसभा गरी हुम्ला जिल्लाका केन्द्रिय सदस्य दय गोरख बहादुर बोगटी,दल रावल,दल फडेरा लाइ सम्मान गरेको छ । यस्तै एमालेको नवौ जिल्ला अधिबेशनबाट निर्वाचित हुम्ला जिल्ला कमिटका अध्यक्ष कल बहादुर हमाल,उपाअध्यक्ष डबल रावत,सचिव तिर्थराज बाहोरा,सह सचिव बिमला शाही,उपसचिव चन्द्र प्रकाश ढकाल लाइ नेपाली मौलीतामा समेटीएको राष्टिय चिनारी ढाँका टोपी लगाएर सम्मान गरेको छ ।
जिल्ला स्थितका नेताहरुलाइ केन्द्रिय सदस्य गोरख बहादुर बोगटीले टोपी लगाएर सम्मान गरेका हुन । यस्तै केन्द्र स्थरका नेताहरुलाइ अदानचुली गाउ कमिटी अध्यक्ष बुध भण्डारीले सम्मान गरेका हुन । यस्तै नेकपा एमाले पार्टीलाइ स्थापना काल देखी मृत्यु बरण सम्म योगदान पुराएका अदानचुलीका स्वर्गिय नेताहरुका १ सय भन्दा बढी घर परियारलाइ सल,पझेउरा र मफलर बितरण गरेर सम्मान गरेको छ ।
स्वर्गिय भएका परिवारले सम्मान पाउदा आफ्नो स्वर्गिय परिवारको स्मरण निहाल्दै कसैका आखामा आसु समेत देखीएका थिए । आफ्नो परिवार अहिले पनि भएको झन सम्मानको कदर गर्ने सोच भएके सम्मानीत परिवारले बताएका हुन ।
(फोटो फिचर सहित)