श्रीनगर । नेकपा एमाले अदानचुली गाउ कमिटीको बृहत आमसभा सम्पन्न भएको छ । नेपाल सरकारले यस अघिनै २०८९ साल बैशाग ३० गते घोषणा गरेको स्थानिय तह निर्वाचनलाइ केन्द्रित गरी बृहत आम सभा गरिएको हो । अदानचुली गाउ कमिटी अध्यक्ष बुध भण्डारीको सभाअध्यक्षमा,नेकपा एमालेका केन्द्रिय तथा स्थाइ कमिटी सदस्य समेत रहनुभएका प्रदेश कमिटी सहइन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यमा,नेकपा एमालेका केन्द्रिय सदस्य पुर्ब कर्णाली प्रदेश सामाजिक बिकाश मन्त्री दल रावल,नेकपा एमाले केन्द्रिय सदस्य तथा अदानचुली गाउपालीका अध्यक्ष दल फडेराको बिषेश आतिथ्यमा,प्रदेश कमिटी सदस्य ज्ञामी बुमी,हुम्ला जिल्ला कमिटी अध्यक्ष,कल बहादुर हमाल,उपाअध्यक्ष डबल रावत,सचिव तिर्थराज बाहोरा,सह सचिव बिमला शाही,उपसचिव चन्द्र प्रकाश ढकाल झलका साथै अन्य स्थानिय नेता कार्यक्रताहरु,पार्टीका जनबर्गीय संगठनका पदाधिकारीहरु,अदानचुली १ देखी ६ वडा सम्मका वडा कमिटी अध्यक्ष लगाएत पादाधिकारीहरुका साथै भात्री संगठनका सदस्यहरु र अदानचुली गाउपालीका बासीको ब्यापक उपस्थितमा अदानचुलीगाउपालीका वडा नम्बर २ को कार्यलय अगाडीको मैदानका आमसभा गरिएका हो ।
उत्त आमसभा गर्नु अघि आआफ्ना वडा बाट नारा जुलुस बाजागाजा सहित स्थानिय नेताहरुका गाउ घर परिक्रमा गरी सभा स्थलमा आएका थिए । आजै बृहत सभा सुरु गर्नु अघि हुड्के नाच गरिएको थियो । उत्त हुड्के नाच पछि स्वागत गित बाट सुरु गरिएको गाउ कमिटी सचिव धर्मराज सन्यालले जानकारी दिएका छन । उहाका अनुसार आज सभामा उपस्थित सबै नेता हरुले सम्बोधन गरेका छन । सभाको बिच बिचमा बिभिन्न एकल गायन देखी अन्य मनोरञ्जन कार्यक्रम गरी सभालाइ सम्पन्न गरिएको हो ।
यस्तै आजकै आमसभाबाट भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित पदाधिकारी हरुलाइ नेपाली मौलीकतामा सजिएको ढाका टोपी दिएर सम्मान गरेको छ । यस्तै स्वार्गबास भएका नेकपा एमालेलाइ योगदान पुराएका स्वार्गीय नेताका आफान्तहरुलाइ सम्मान गरी सल र मफलर दिएर सम्मान गरिएको छ । यस्तै केही महिना अघी निधन भएका अदानचुली ४ का स्वार्गीय चिनारे कामीको मल्यापर्ण कार्यक्रम समेत गरिएको छ ।
यस्तै आजको सभाका बिशेष अतिथी समेत रहेका अदानचुली गाउपालीका अध्यक्ष दल फडेराले नेकपा एमालेका कार्यक्रताको आफु संगै सबै जनप्रतिनिधी रीणी रहेको बताएका छन । उतिबेला पार्टी बनाउने क्रममा नेकपा एमाले दलित पार्टी भएको भन्ने गरेको तर अहिले देशकै ठुलो दलभएको बताएका थिए । भने एकिकृत समाजवादीलाइ केन्द्रित गरी नया जोगी खरानी घसेर जती आए पनि नेकपा एमालेलाइ केही फरक नपर्ने बताउनु भएको छ । कसैले धम्काएर पार्टी आवद्ध गराउन नचाहाने बताउनु भयो ।
यस्तै आजका बिशेष अतिथी रहेका पुर्ब कर्णाली प्रदेश सामाजीक बिकाश मन्त्री दल रावलले २०५१ सालमा मनमोहन अधिकारीका कुरालाइ स्मरण गरी पार्टीको ब्याख्या गरेर सुनाएका हुन । २०५१ सालमानै आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ता दिन थालेका बतनाएका छन ।
नेकपा एमालेको पालमामै केन्द्रमा तिन वटा बिमान स्थल,९ भन्दा बढी राजमार्ग,मेलम्ची खानेपानी,रानी पोखरी,धरहरा,दरबारमार्ग हाइ स्कुल,बिभिन्न बसती निमार्ण लगाएतका नया संरचना बनेको तर देशी बिदेशी शत्ती प्रयोग गरी बिपाक्षीय गठबन्धन गरी प्रमआदेश सरकार ल्याएर संबिधानमा नसमेटिएको कुरालाइ अध्यादेश मार्फत सम्सोधन गरी बनाइएको सरकारले केही काम गर्न नसक्ने बताएका छन । भने यस भन्दा अगाडी पनी माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुत्त सरकार भएकै समयमा नेकपा एमाले प्रथम पार्टी भएको र यतिबेलाको स्थानिय तहबाट पनि नेकपा एमाले पहिलो दल हुने बताएका छन ।
यस्तै एमसिसिका कुरालाइ ल्याएर माओवादी केन्द्रका अध्यक्ष्ँ प्रचण्डले बाहीर माओवाद भनी जनाताका लाटा छोरा छोरीलाइ आन्दोलन गर्न लगाएर आफुले भित्र खावोवाद गरेकै कारण आज कर्णाली प्रदेशका संसदिए दलका प्रमुख सचेतक ठम्ब बहादुर मल्लले पार्टी परित्याग गरेको बताएका छन । नेकपा एमाले सही कम्युनिष्ट भएकै कारण र सहि भिजन भएको पार्टी भन्द्र आज नेपालका महानायक राजेश हमाल र अभिनेत्री करिस्मा मानन्धर एमालेमा प्रबेश गर्न लागेको बताएका छन । आफु मन्त्री हुदा ताजाकोटमा बिकाश भएके दाबी समेत गरेका छन ।
गाउपालीकाले अहिले रिङ रोड बनाएको भने पनि आफु मन्त्री हुदाको बजेटले बनेको बताएका छन । यस्तै अदानचुली लगाएतका सबै स्थानिय तहमा आफुले दिएका योजना माओवादीका नेताहरुले आफुले ल्याएको भनेर डल्लो पारेको बताएका छन । त्यो आफुले माओवादी र एमालेका कार्यक्रता मात्र समिती बसोस नभनी सबै दलका बसेर समाबेशीता गरेर बिकाश गर्न योजना दिएको बताएका छन । कर्णाली करीडोरको निर्माण र्का पनि भइ रहेको बताउनु भएको छ । यो देशमा नेपाली कांग्रस र नेकपा एमाले मात्र रहेको बताउनु भयो ।
यस्तै आजका प्रमुख अतिथी समेत रहुनु भएबा केन्द्रिय सदस्य गोरख बहादुर बोगटीले नेकपा एमालले आबको समय भित्र चुनाव तय गरि सक्नु पर्छ तर पनि बिपाक्षीय गठबन्धन सरकारले त्यो सम्बैधानीक हिसाबले भएको ब्याबस्थालाइ पनि ओझेलमा पारेर अन्य खालका हर्कत अपनाएर नजीककैका कानुन बिद हौ भन्नेले सुझाब लिएर निर्वाचन पछि धकेल्ने खोजे पनि भनिएको समयमा निर्वाचन गर्न सम्बभब भएको बताएका छन । भने तर पनि नेकपा एमालेको अगुवाइमा संबिधान अनुसार चुनाव हुनु पर्छ भनेर सदन देखी सडक सम्म दबाब दिदै जनबर्गीय संगठनबाट परिचालीतगर्दै समयमा निर्वाचन गराउन नेकपा एमालृ खटेको बताएका हुन भने चोइटिएर गएको एसलाइ धुलो चटाउने बताउनु भएको छ । अन्य केन्द्रका कुरामा समय खर्चेर यस्तो बताउनु भयो ।
उत्त आम सभामा नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्र परित्याग गरी १५ जनाले नेकपा एमालेमा प्रबेश गरेका छन भने खुलेर प्रबेश नगरे पनि भित्री कुरामा परित्याग गर्ने कुरामा पनि आज प्रबेश नगरेका समेत बताइएको छ । उत्त कार्यक्रममा सभा अध्यक्षले सम्बोधन गरी सके पछि पार्टीका जिल्ला उपसचिव चन्द्र प्रकाश ढकाल,राज बहादुर दानी,गोबिन्द भण्डारी र स्थानिय देउडा खेलाडी बिच देउडा समेत खेलाइएको छ । अन्य महिला खेलाडिहरुले पनि देउडा खेल खेलेको बताइएको छ ।
(फाटो फिचर)