श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अदानचुली गाउ कमिटीको बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले अदानचुली गाउ कमिटी अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा,स्थानिय नेता,बिभिन्न भात्री संगठनका पदाधिकारीरु र कार्यक्रताहरुको उपस्थितमा श्रीनगरमा बैठक बसी सम्पन्न भएको गाउ कमिटी सचिव धर्मराज सन्यालले जानकारी दिनु भएको छ ।
उहाका अनुसार आज बसेको बैठकले नेकपा एमाले अदानचुली गाउ कमिटी भित्र रहेका प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी सल्लाहकार सदस्य,जिल्ला कमिटी सदस्य,प्रदेश क्षेत्र नम्बर क का सदस्य,गाउ कमिटी सदस्य,गाउ कमिटी सल्लाहाकार सदस्य,वडा कमिटी अध्यक्ष,उपाअध्यक्ष,सिचव,सहसचिव गरी प्रत्यक वडाका ५ जना पादाधिकारीहरुलाई अदानचुलीमा आउनुहुने नेकपा एमाले केन्द्रिय सदस्य तथा स्थाइ कमिटी सदस्य गोरख बहादुर बोगटीले प्रषिक्षण गाराइने निर्णय गरिएको छ ।
उत्त प्रशिक्षण कार्यक्रम भोली शुक्रबार बिहान केन्द्रिय सदस्यहरुलाइ स्वागत गरी अदानचुली सभागृह हलमा प्रशिक्षण गरिने भएको हो ।
भोली बिहान नेता पुगे लगतै अदानचुलीमा स्वागत गरी प्रशिक्षण कार्यक्रम गरिने भएको गाउ कमिटी कार्यलय सचिव पुस्कर रोकायाले बताउनु भयो । यस्तै प्रशिक्षण कार्यक्रम सम्पन्न गरी अदानचुली गाउ कमिटीको युवा संघ गठन गरिने भएको छ । अदानचुली गाउ कमिटीको आयोजनामा गरिन बृहत आम सभा भने २८ गते गर्ने गरि सारिएको छ ।
उत्त बृहत आम सभा २८ गते गोरख बहादुर बोगटी,केनिद्य्रय सदस्य दल रावल,दल फडेरा,नेकपा एमालेका बरीष्ठ नेता छिमी दोर्जे लामा आशाकरले सम्बोधन गर्ने भएको बताइएको छ । भने आमसभालाइ ब्याबस्थीत गर्न बिभिन्न संगठनहरु आजकै बैठकले गठन गरेको छ । उत्त सभा आ आफ्नो वडा कमिटीबाट र्याली गरी कार्यक्रम स्थलमा पुग्नका लागी र्याली ब्याबस्थापनमा यस अघि सम्पन्न १० औ अधिबेशनबाटबाट निर्वाचित वडा कमिटीका अध्यक्षहरुलाइ जिम्मा दिइएको छ ।
यस्तै आम सभा गर्दा लाग्ने खर्च जुटाउनका लागी गाउ कमिटी अध्यक्ष बुध भण्डारीको संयोजत्तोमा १० सदसिय आर्थिक ब्यावस्थापन कमिटी गठनगरेको छ ।
आम सभाको प्रचार प्रसार गर्नका लागी गाउ कमिटी सचिव धर्मराज सन्यालको संयोजत्तोमा १३ सलसिय कमिटी गठन गरिएको छ । आम सभामा भब्य देउडा खेल खेलाइने भएकाले नेकपा एमालेको भात्री संगठन राष्टिय शिक्षक संगठन अदानचुली गाउ कमिटी अध्यक्ष राज बहादुर दानी,पार्टीका जिल्ला उप सचिव चन्द्र प्रकाश ढकाल झलक र गोबिन्द भण्डारी र अन्य स्थानिय खेलाडी बिच देउडा खेल खेलाइने भएको छ ।
यस्तै महिला देउडा खेल खेलाइने भएकाले प्रत्यक वडा बाट चयन गरिएको छ । उनिहरुले आफ्नो वडाको देउडा टिम आफैले ल्याउने निर्णय गरेका छन । जसमा अदानचुली १ मा माल थापा,पुस्पा थापा,अदानचुली २ बाट डोइला भण्डारी,घुँदी बुढा,धर्मकला सुनार,अदानचुली ३ बाट बुट्टु फडेरा,मैना बुमी,धनदेबी बिष्ट,अदानचुली ४ बाट असे बुमी,कुमला टमटा,गोरीकला जैसी,अदानचुली ५ बाट केशरी ऐडी,किडी टमटा,धनरुपी शाही, उस्तै अदानचुली ५ बाट प्याका बुढा,अमृता टमटा र सौरी टमटा रहेका छन । यस्तै मञ्च ब्याबस्थापनमा पुस्कर रोकायाको संयोजमतोमा ९ सलसिय कमिटी गठन गरिएको छ ।
यस्तै माएकिगको जिम्मा धनराज रोकाया र बसन्त बोटीलाइ दिइएको छ । पार्टीको आम सभाका दिन भर्खरै सम्पन्न जिल्ला कमिटी सदस्य,गाउ कमिटी सदस्य,वडा कमिटी सदस्य लगाएत जनबर्गीय संगठनका पदाधिकारीहरुलाइ पार्टीले सम्मान समेत गर्ने भएको छ ।
उत्त बैठकमा प्रदेश कमिटी सदस्य बिष्नु बहादुर बुढा,अदानचmुी गाउपालीका उपाअध्यक्ष तथा प्रदेश कमिटी सदस्य सौमती रावल ऐडी,सस्थापक नेता बलराम जैसी,जिल्ला कमिटी सदस्य तथा अदानचुली गाउ कमिटी इन्चार्ज धर्मराज शाही बिस्तार,जिल्ला कमिटी सदस्य जग्ग बोगटी लगाएत नेकपा एमालेबाट निर्वाचीत वडा अध्यक्ष हरुका साथै अन्य गाउ कमिटी सदस्यहरुको यपस्थितमा बैठक सम्पन्न भएको हो ।