मानब अधिकार एलाइन्स केन्द्रिय सदस्यमा हुम्ला बाट रावल र थापा चयन


फागुन २४ मंगलबार । पोखरामा सम्पन्न मानब अधिकार इलाइन्सको पाचौ राष्टिय महाधिबेशनबाट कर्णाली प्रदेश तर्फबाट रेडियो श्रीनगरका स्टेशन म्यानेजर तथा प्रेश चौतारी नेपाल कर्णाली प्रदेश सचिव काली बहादुर थापा र पुर्ण रावल केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । थापा हुम्लाको अदानचुली गाउपालीका वडा नम्बर १ कल्खे निवनसी हुन ।

सम्पन्न महाधिबेशन बाट अध्यक्षमा मिन बहादुर शाही चयन हुनु भएको छ । यस्तै उपाअध्यक्ष डाक्टर पदमा प्रसाद खतिवडा,लाल बहादुर वली,सुमत्रा शर्मा,देबेन्द्र बिश्वकर्मार देव पुन चयन हुनु भएको छ ।

यसैगरी महासचिवमा बिदुर सुबेदी,उपमहासचिवमा तृलोत्तम पौडेल,सचिव सोभारा डागी चयन हुनु भएको छ । यस्तै थापा सहित कर्णाली प्रदेशबाट केन्द्रिय सदयमा टिकाराम आचार्य,सपना परियार,पुर्ण रावल,झक्क प्रसाद शर्मा,मातीराम बिक,काली बहादुर थापा चयन हुनु भएके छ ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७८, मंगलवार १९:४५  |