एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय‌-रेडियाे श्रीनगर


मोहनसिङ बुढा चैत्र २३ हुम्ला । माध्यमिक शिक्षा परिक्षा (एसइई) को परिक्षा नजिकिदैै आए पछि हुम्लाका बिद्यालयहरुले बिधार्थीहरुलाइ बिदाइ गर्न थालेका छन । गत भाद्र महिना देखी नियमित पठन पाठन गरेका बिधार्थीहरुलाइ केही हप्ता घरमै बसेर अध्यन गर्नका लागि बिद्यालयले बिदाइ गरेको बिभिन्न बिद्यालयका प्रधानध्यापक हरुले बताएका छन ।
केही बिद्यालयहरुमा भने अहिले पनि पठन पाठन संञ्चालन भइरहे पनि केही बिद्यालयमा बार्षिक परिक्षा सुरु हुन लागेको छ । कोरोन कहरैै कारण हुम्लाको शैक्षिक सत्र ३ महिना पर धकलिएके छ । यस अघि फागुन महिनाबाट नया शैक्षिक सत्र सुरु गरी मंसिरमा बार्षिक परिक्षा लिने गरिएको थियो । यस बर्ष भने भाद्रमा सुरु भइ चैत्र महिनामा बार्षिक परिक्षा हुन लागेको छ ।
यस कोरोना कहरको समयमा बिधार्थीहरुले राम्रो संग अध्यन गर्न नपाए पनि यस पटक राष्टिय परिक्षा बोर्डले बिधार्थीको भौतिक उपस्थितमै परिक्षा संञ्चान गर्ने भएको छ ।
यस अघि कोरोना कहरको समयमा बिधार्थीलाइ आन्तरिक मुल्याêनबाट परिक्षा अंक दिए पछि बिधार्थीको अध्यन गर्ने क्ष्मता खस्किएको भन्दै एस पटक भौतिक उपस्थितमै बिधाथीको परिक्षा लिन लागेको हो ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले र राष्टिय परिक्षा बोर्डले केही महिना अघि बिधार्थीले बास बस्नुपर्ने ठाउमा परिक्षा केन्द्र भए सिफारीस गर्न निर्देशन दिएको थियो । तर हुम्लाका अधिकांश बिद्यालय प्रशिधि मैत्री भए पनि उपभोग गर्ने शत्ति नभए पछि पहिलेकै परिक्षा केन्दैबाट परिक्षा दिने भएका छन । केही बिद्यालयमा भने शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षा दिन गए पछि अध्यन गर्न समेत नपाएको बिधार्थीले गुनासो गरेका छन ।
यता राष्टिय परिक्षा बोर्डले आगामी बैशाष ९ गते देखी २० गते सम्म परिक्षाको मिति तय गरेको छ । बिधार्थीहरुले यस अघि सबै बिषयको अध्यन पुरा नहुदा अबको १६ दिन भित्र सबै बिषयको अध्यन पुरा गर्न कठिन भएको छ । यता केही बिद्यालयहरुको बिधार्थीको परिक्षण परिक्षा नलगेर बिदाइ गरेका छन । कतिपय बिधार्थीहरुले बिद्यालयको पढाइ ध्यान नराखी टिउसन कक्षाकै भरमा परिक्षा दिन लागेको बताएका छन ।
ग्रामिण क्षेत्रका बिद्यालयमा यो समस्या आज मात्र नभइ अदा दशक देखी बिधार्थीहरु देखा परेको पाइएको छ । २०७४ साल देखी प्राय बिद्यालयमा केही बिषयको अध्यन नगरी (एसइई) परिक्षा दिदै आएका छन । यो समस्याले बिधार्थीको सहजिकरण ठुलो क्षती पुगेको अबिभावगले बताएका छन ।

प्रकाशित मितिः     २२ चैत्र २०७८, मंगलवार ०९:१०  |