हुम्लाको अदानचुलीको विवाद समाधानका लागि वार्ता शुरुः दोस्रो बैठक अहिले सात बजे बस्दै


अदानचुली हुम्ला । नेकपा एमाले र माअ‍ोवादी केन्द्र बीच भएको विवाद समाधानका लागि एमाले, माओवादी केन्द्र र एकिकृत समाजवादी बीच वार्ता शुरु भएको छ ।

शनिबार मध्यन्न माओवादी केन्द्रका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला सहइन्चार्ज रहेका अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराको घरमा तोडफोड गरेको विषयलाई लिएर चर्केको विवाद समाधान गर्न प्रहरीको पहलमा त्रिपक्षीय वार्ता शुरु भएको हो ।

शुक्रबार राती गाउँपालिका अध्यक्ष दल फडेराको टोलीले माओवादी केन्द्रका केही कार्यकर्ताको होटेल र पसलमा लात्तीले हानेको घटनालाई लिएर गाउँपालिकाका विभिन्न गाउँबाट जम्मा भएका माओवादी केन्द्रका कार्यकर्ताहरुले अध्यक्ष फडेराको अदानचुली वडा नं. ३ स्थित घरमा तोडफोड गरेपछि चर्किएको विवाद समाधान गर्न दलहरुबीच वार्ता शुरु भएको हो ।

आइतबार बिहान जिल्ला सदरमुका सिमकोटबाट होलिकोप्टरबाट नेपाल प्रहरीका इनेस्पेक्टर दामोदर पुन र शशस्त्र प्रहरी बलका इनेस्पेक्टर रमेश शारु अदानचुली पुगे लगत्तै दलहरुबीचको एकपक्षिय र बहूपक्षिय वार्ता प्रारम्भ भएको गल्फागार्ड प्रहरी चौकीका इन्चार्ज चक्र बुढालो जानकारी दिनुभयो ।

‘जिल्लाबाट इनेस्पेक्टर सापहरु प्ुग्ने बित्तिकै विवाद समाधानका लागि विभिन्न चरणमा आइतबारबाट वार्ता भएको छ’, प्रहरी इन्चार्ज बुढाले भने, ‘बहुपक्षिय रुपमा पहिलो पटक बसेको वार्तामा कुरा नमिले पछि सोमबार बिहान ७ बजे बस्ने गरेर स्थगित भएको छ ।’

प्रहरीका अधिकृत अदानचुली पुगे लगत्तै दलका स्थानीय नेताहरुसँग बेग्ला बेग्लै बसेको प्रहरी टोलीले अन्तमा साढे २ बजेको समयमा सबै दलहरुलाई बोलाएर छलफल थालेको हो ।

वार्तामा नेकपा (एमाले)बाट राष्ट्रिय सभाका पुर्व सांसद कविता बोगटी, नवराज महतारा र अदानचुली गाउँपालिका कमिटिका अध्यक्ष बुधे भण्डारी, माओवादी केन्द्रबाट पालिका कमिटिका अध्यक्ष हरिदल पुन, मानबहादुर थापा र डिलबहादुर फडेरा, एकिकृत समाजवादीको तर्फबाट जिल्ला सचिव कमलबहादुर छत्याल, धनञ्जय फडेरालगायतका नेताहरु सहभागित भएको बताइएको छ ।

वार्तामा आ–आफ्नै अडान 
शुरुमा नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरुसँग बेग्ला बेग्लै बसाई गर्ने र त्यसको निस्कर्ष अनुसार सर्वदलिय बैठक बस्ने गरेर वार्ताको आयोजना गरेको प्ररहीले आयोजना गरेको बैठकमा एमाले र माओवादी केन्द्रले आआप्mनै अडान कायम राखेपछि पहिलो दिन आइतबार वार्ता विना निष्कर्ष टुंगिएको हो ।

शुक्रबार राती भएको घटनामा पालिका अध्यक्ष सहभागि टोलीले कमजोरी गरेको र शनिबार दिउँसो माओवादी केन्द्रको टोलीले पालिका अध्यक्ष दल फडेराको घरमा हमला गर्ने काम स्विकार्य नभएको उल्लेख गरेका एमाले अदानचुली गाउँकमिटी अध्यक्ष बुध भण्डारीले दुवै पक्षले पुर्याएको क्षतिपूर्ति दिनुपर्ने अडानमा एमाले रहेको जानकारी दिए । एमालेको अडानमा माओवादी केन्द्रको वार्ता टोलीले भने सहमती जनाएन । पालिका अध्यक्षकै नेतृत्वमा विवादको शुरुवात भएको भन्दै माओवादी वार्ता टोलीका मानबहादुर थापाले कमजोरीको अध्यक्ष आफैले माफी माग्नु पर्ने अडान राखे । दुवै पार्टीका प्रतिनिधिले आआफ्नै अडान नछोडेपछि वार्ता सोमबार बिहान ७ बजे फेरी बस्ने गरेर स्थगित भएको छ ।

प्रकाशित मितिः     २८ चैत्र २०७८, सोमबार ०७:२७  |