एमाले अध्यक्ष ओली भोली हुम्ला आउँदै,जिल्ला सदरमुकाम सिमकोट सहित दुई ठाउँमा संबोधन गर्ने


बैशाख ३ हुम्ला । भोली बिहान ८ बजे नेपालगञ्जबाट हुम्लाको लागि हेलीकप्टरबाट सिधै लिमि भ्यालीको हल्जी गाउँमा प्रस्थान गर्ने भएका छन् । लिमिको हल्जी गाउँका स्थानीयबासीले आ आफ्नो परम्परा अनुसार स्वागत गर्ने कार्यक्रम रहेको स्थायी कमीटी सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज गोरख बहादुर बोगटीले जानकारी दिनु भएको छ ।

ईचार्ज बोगटीका अनुसार अध्यक्ष ओली हल्जीगाउँमा करिब आधा घण्टा सम्म बस्नु हुँने छ र त्यहाँ अबलोकन गर्नु हुँने कार्यक्रम रहेको बताए ।

त्यस पछि हल्जी गाउँबाट मानसरोवर÷कैलाश दृष्याबलोकनको लागि लाप्चा(चीन–नेपाल सिमाना)मा पुगेर करिब १० मिनेट कैलाशको दृष्याबलोकन गर्ने त्यस लगत्तै हिलेकप्टर मार्फत जिल्ला सदसमुकाम सिमकोट प्रस्थान गर्नु हुँनेछ बिहानको खाना पश्चात साढे ११ बजे देखी साढे १ बजे सम्म सिमकोटमै बस्नु हुँने छ र त्यहाँको बृहत्त आम सभालाई सम्बोधन गरी २ बजे हुम्ला जिल्लाकै दक्षीणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुँने आमसभाको लागि प्रथान गर्ने भएका छन् श्रीनगरमा करिब २ घण्टा सम्म बस्ने कार्यक्रम रहेको छ ।

श्रीनगरमा बसेर यहाँका स्थानीय नाच,देउडा,हरीनु नाच,बाक्टे नाच,मागल र चाँड्ची हेर्नु हुँने भएको छ त्यस लगत्तै उक्त आमसभालाई सम्बोधन गरेर ४ बजे नेपालगञ्ज फर्किने कार्यक्रम तय भएको बताउनु भयो ।

अध्यक्ष ओली सँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल,उपमहासचिब विष्णु रिमाल,अध्यक्ष ओलीको जिवनसङ्गीनी राधिका शाक्य पनि आउनु हुँने भएको छ । उहाँसँगै स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटी,केन्द्रीयी सदस्य दल रावल,दल फडेरा र अध्यक्षका प्रमुख स्वकीय सचिब राजेश बज्राचार्य पनि आउनु हुँने भएको छ । भोली बिहान हिुम्ला आउनको लागि अध्यक्ष ओली सहितका नेताहरु आज बेलुका काठमाडौ आउने भएका छन् ।

नेकपा एमाले स्रोतका अनुसार भोली उक्त कार्यक्रममा सयौ जना पाटी प्रबेश गराउने कार्यक्रम रहेको जनाएको छ ।

प्रकाशित मितिः     ३ बैशाख २०७९, शनिबार १०:५०  |