मोटरबाटो स्तर उन्नती गर्ने अध्यक्ष ओलिको प्रतिबद्धता


मोटरबाटो स्तर उन्नती गर्ने अध्यक्ष ओलिको प्रतिबद्धता बृहत्त आमसभालाई संबोधन हुम्लाको श्रीनगर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदानचुली गाउपालिकामा पुग्ने मोटर बाटोलाइ स्तर उन्नती गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

अदानचुलीको केन्द्र श्रीनगर गल्बामा आइ पुग्नु भएका अध्यक्ष ओली एमालेको सरकार भएको समयमा सबै ठाउमा बिकास भएको तर तयही बिकास देखेर अन्यपाटीहरु अत्तालिए पछि जोडजामको गठबन्धन गरेर बिकास कामहरु सबै कटौती गरेकाले अबको ७ महिना पछि आफ्नो सरकार आए पछि बिकासको मुल फुटाउने बताए ।

अध्यक्ष ओलीले भने हामी सरकारमा भएको समयमा भएका बिकास र अहिलेको सरकारले गरेका बिकासलाई तुलना गर्नुस् र अँझै देख्नु भएको छैन भने बैशाख ३० गते पर्खिनुस् र फेरी पनि एमालेलाई मत दिनुस् त्य ३० गते पर्खिन आग्रह समेत गर्नुभयो ।

अदानचुली गाउपालिकाको फडेरा गाउँमा रहेको खेलकुद मैदानमा सञ्चालन भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाले सम्पूर्ण देश नै चुनावी माहोलमा होमिएको बताउनु भयो । स्थानीय निर्वाचनबाट जनताका नजिकका जनप्रतिनिधि छानिने भएका कारण सबैको चासो त्यसैमा देखिएको भन्दै ३० गतेको निर्वाचन अपरिहार्य भएको बताउनु भएको छ ।

देश भर एक साथ हुने आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र स्वच्छ वातावरणमा जनप्रतिनिधि छनोट गर्ने भएकाले नेपाली जनतामा जिम्मेवारी आएको बताुउनु भयो । जो पार्टीले जता मिलेर गठबन्धन गरेर निर्वाचनमा गए पनि एमालेका अहिलेका लहरलाई कसैले रोक्न नसक्ने उहाको भनाइ रहेको छ ।

उहाले आगामी स्थानिय निर्वाचनपछि पनि एमाले दशेमै पहिलो पार्टी बन्ने दाबी गर्नु भयो । आवधिक निर्वाचन स्वाभाविक भएको बताउँदै त्यसविरुद्ध कोही पनि जान नहुने बताउनु भयो । हाल देशमा सत्ता गठबन्धन दल एकातिर र अर्कोतिर एमाले भएका कारण द्विपक्षीय निर्वाचनमा भिडन्त हुने भएको बताउनु भएको छ ।

आफू जुन ठाउको सभालाइ सम्बोधन गर्न गए पनि एमालेको जनलहर देखिएको भन्दै अध्यक्ष ओलीले एमाले जसरी पनि निर्वाचन समयमै हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । एक अर्को प्रसंगमा उनले हालसम्म सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट जतिसक्दो चाँडो जोड्नेतर्फ लाग्नुपर्ने बउनु भयो भने सडक पुगेको ठाउमा स्तर उन्नती गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भएको छ ।

अहिले ठप्प भएको हवाइ सेवा हुम्लामा नियमित हवाइ उडान गर्नु पर्ने याहाका जनताको माग भएकाले आफुले छिटै पहल गर्ने उद्धघोष गर्दै बताउनु भयो ।

अहिले कर्णालीका दुर्गम जिल्लाहरुमा जति पनि समस्या देखिएका छन् ती सबै सडक यातायात नजोडिएका कारण भएको भन्दै उनले सम्भावना भने कर्णालीमा धेरै भएको सुनाउनु भयो । उत्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन परीक्षणको घडी भएको र अब जनताले ध्यान दिन आग्रह गर्नु भयो ।

पछुताउनुभन्दा अहिले योग्य र काम गर्न सक्ने जनप्रतिनिधि छनोटमा ध्यान दिन उनले आग्रह गर्नु भयो । उहाहरुलाइ कार्यक्रम स्थलमा पुग्नु अघि राष्टिय युवा संघ नेपाल अदानचुलीले आ आफ्नो वडाबाट बाजागाजासहित एमालेले नारा,जुलुस,¥याली निकालेर सभामा परिणत भएको थियो । अध्यक्ष ओलीले आइतबारनै एमाले अध्यक्ष ओली कैलास मानसरोवरको हेलिकप्टरबाट दृष्य अवmोकन गरी,हल्जीका नागरीकहरुबाट भब्य सम्मान लिएर सिमिकोटको आम सभालाइ सम्बोधन गरी,अदानचुलीको आम सभालाइ सम्बोधन पछि मुगुको रारामा जानु भएको थियो । उहा संग उहाकी धर्मपत्नी राधिाका साक्य सहित अन्य नेताहरु ऋदानचुलीको गल्बामा आउनु भएको थियो ।

प्रकाशित मितिः     ४ बैशाख २०७९, आईतवार १९:३५  |