हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन हिड्नु पर्ने बाध्यता कायमै,२०७० देखी आदी मतदाता गएनन् मतदान गर्न


हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका वडा नम्बर ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्नकै लागि तिन दिन खर्च गनुपर्ने बाध्यता अँझै कायम रहेको छ ।

मतदान केन्द्र टाढा र मतदाता समेत थोरै हुँने गरेकाले पनि मतदान केन्द्र स्थापना हुँन नसकेकोे स्थानिय टेक बहादुर रोकायाले रेडियो श्रीनगरलाइ टेलिफोन मार्फत वताएका छन् । मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यलय नजिकै रहेको कैलाश आधारभुत बिद्यालयमा पुग्न पैदल हिडेर एक दिन लाग्ने गरेकोे छ । एक दिन जान, एक दिन आउन र एक दिन मतादान गर्ने समय गरेर तिन दिन समय लाग्ने गरेको स्थानिय रोकायाले वताएका हुँन् ।
मासपुर गाउँमा हाल सम्म २३ घरधुरी रहेका छन् ।

२०७८ सालको जनगणना अनुसार उत्त गाउको जनसंख्या १ सय ३ रहेको छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना रहेको ३ नम्बर वडा कार्यलयले जनाएको छ ।

६० बर्ष माथीका १० जना मतदाता रहेका छन् भने बाँकी २७ जना बयस्क मतदाता छन् मतदान केन्द्र टाढा रहेकाले बृद्ध बिद्धाहरु मतदानबाट बन्चीत हुँने भएका छन् मैला आउँने जाने बाटो निकै लामो र असहज भएकाले पनि बृद्धबृदाहरु मतदानबाट बन्चीत हुँने भएका हुँन् यस किसिमको बाध्यता जिल्ला निर्वाचन कार्यलय हुम्ला र जिल्ला प्रशासन कार्यलय हुम्लालाई पटक पटक जानकारी गराएको भएपनि मतदान केन्द्र स्थापना गर्नमा कतै बाट पहल नभएको वडा कार्यलयले जनाएको छ ।मतदान केन्द्र टाढा भएकाले मासपुर गाउँका केही बृद्धाहरुले यो पालि मतदानमा भाग लिने नपाउने वताएका छन् । हिडडुल गर्न नसक्ने बृद्धबृद्धाहरुलाई बोकेर मतदान केन्द्र सम्म पुयाउने सम्भाबना नभएकाले मतदान बाट बञ्चित हुने गरेको उनले वताएका छन ।

टाढा भएकाले उनि २०७४ सालको स्थानिय, संघ र प्रदेशको चुनावमा पनि मतदानमा सहभागि नभएको वताएका हुन । मासपुरका धेरैले त मतदाता परिचय पत्र समेत बनाएका छैनन्, मतदान केन्द्र टाढा छ, बनाएर पनि के गर्नु स्थानिय रोकायाले वताएका हुन । जिल्ला निर्वाचन कार्यलय हुम्लाका अनुसार योपालि नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम नभएकाले मतदान केन्द्र स्थापना गर्न नसकेको वताएको छ । हुम्लामा सबै भन्दा टाढा रहेको मतदान केन्द्र यहि हो मतदान केन्द्र आबश्यक परेको देखिएको छ । २०७० को संबिधान सभाको चुनाव देखी गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुनु पर्ने बताउदै आएका छन् । मत हाल्नका लागि सामाल (खाद्यन्न) बोकेर जानु पर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनु पर्ने जनाए ।

गाउँको राजनितिक पहुँच कम भएकाले अहिले सम्म कसैले नसुनेको स्थानियले वताए । सदरमुकाम सिमकोट बाट ५ दिन पैदल लाग्ने यो गाउँमा राज्यको ध्यान पुग्न सकेको छैन् । गर्भवति महिला र बुढापाकाहरु त मतदान गर्न नआउने भएका छन् । एक दिन पुग्न लाग्छ, एक दिन मतदान गर्ने समय भईहाल्यो र एकदिनमा फर्कने गर्दा अशक्क्त बुढापाकाहरुलाई ३ दिन लाग्ने भएकाले मतदान गर्न समस्या हुने स्थानियले बताएका छन् ।

प्रकाशित मितिः     ८ बैशाख २०७९, बिहीबार ०९:२३  |