एमालेबाट बरिष्ठ पत्रकार नवराज महतारा सहित अदानचुली गाउँपालिकाको अध्यक्षमा ७ जनाको सिफरीस


हुम्ला । नेकपा एमाले अदानचुली गाउँ कमिटिले बरिष्ठ पत्रकार नवराज महतारा सहित ७ जनाको नाम गाउँपालिकाको अध्क्षमा सिफरीस गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा कार्यदलको बैठक बसरी रहेको अबस्थामा अदानचुली गाउँ कमिटिले बिगत लामो समय देखी पत्रकारीतासँगै आन्तरीक रुपमा नेकपा एमालेको राजनितिमा रहँदै आएका महतारासँगै गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारी,बर्तमान उपाध्यक्ष सौमती रावल,प्रदेश कमिटि सदस्य बिष्नु बुढा,जिल्ला अध्यक्ष कल बहादुर हमाल,केन्द्रीय सल्लाहकार सदस्य राम बहादुर दानी र प्रदेश कमिटि सदस्य धन्जे परियारको नाम जिल्ला कमिटिमा सिफारीस गरीएको गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीले जानकारी दिनु भएको छ ।

आन्तरीक रुपमा एमाले जिल्ला कमिटि सदस्य रहदै आएका पत्रकार महतारा २०७७ पुष ५ को सर्बोच्चको फैसला पछि उनि गाउँ गाउँमा संगठन बिस्तार गरेर खुलारुपमा राजनितिमा प्रबेश गरेका उनि बैशाख ३० को निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा बलियो दाबी रहेको बताएका छन् ।

स्पश्ट वक्त,योजना निमार्ण देखी सम्बन्ध बिस्तार उनको बलियो पक्ष हो । उनले सुरु गरेका कुनै पनि कामहरु अहिले सम्म असफल नभएको र जुनकाम उनले थालनी गरेका छन् ति सबै काम पुरा गरेकाले उनि अध्यक्ष भएको खण्डमा जुन किसिमको बाचा गर्छन् ति सबै पुरा गर्नेमा आशाबादी रहेकोले पनि नवराज महतारा अध्यक्ष हुँनु पर्नेमा अदानचुली गाउँपालिकाका अधिकांस नागरीकको भनाई रहेको छ ।

बि।स २०६० को दशक देखी पत्रकारीता सुरु गरेका महताराले नेपालको पहिलो सामुदायीक रेडियो सगरमाथा एफ।एम देखी राष्टिय समाचार समिति९रासस०,कान्तीपुर,अन्नपुर्ण जस्ता राष्टिय पत्रिकामा पत्रकारीता गरेर आफ्नो छबी बढाएका उनले २०६८ सालमा आफ्नै सँस्था एकिकृत सामुदायीक बिकास तथा अनुसन्धान केन्द्र हुम्ला मार्फत सबै दलहरुलाई एक ठाउँमा ल्याएर सबैको सामुहिक लगानीमा रेडियो कर्णाली आवाज नामक एफ एम रेडियो सञ्चालनमा ल्याएका थिए । जुन अहिले पनि सञ्चालनमा रहेको छ । रेडियो सञ्चालक समितिका अध्यक्षमा पुर्व सामाजीक बिकास मन्त्री समेत रहेका प्रदेश सांसद दल रावल र स्टेशन म्यानेजरमा उनि आफै बसेर उक्त रेडियो सञ्चालनमा ल्याई सफल पात्रको रुपमा चिनाएका छन् ।

त्यस पछि उनले अशिक्षती महलिाहरुलाई शिक्षत बनाउनको लागि जिल्ला शिक्षा कार्यालयको समन्वयमा आफैले खुल्ला गृहिणी बिद्यालयको स्थापना गरी सञ्चालनमा ल्याई घरमा काम गरी रहेकी महलिाहरुलाई शिक्षा दिएका हुँन् उक्त बिद्यालयमा अध्ययन गरेकी केहि गृहिणीहरु अहिले राज्यको बिभिन्न निकायमा समत पुग्न सफल भएकी छन् ।

त्यस पछि उनले जिल्लाको तल्लो क्षेत्रमा कुनै पनि सुचना र सञ्चारबाट बन्चीत नागरीकलाई सुचना दिनको लागि जिल्ला सदरमुकामबाट करिब ४४ कोस टाढा आफ्नै गाउँपालिकामा सुचनाबाट नागरीकलाई सु सुचित गराउनको लागि २०७३ सालमा रेडियो श्रीनगर नामक रेडियो स्थापना गरी उक्त रेडियो पनि अहिले सञ्चालनमा रहेकाले पनि त्यहाँका नागरीकहरुले नबराज जस्तो नागरीक आए केहीन केही बिकासको मुहार फेरीनेमा आसाबादी देखीएका छन् ।

लामो समय राजनिति राजनिति भन्दै हिडेका तर समाजको बिकासको लागि कुनै पनि काम नगरेका नागरीक अध्यक्षमा आउनु भन्दा समाजमा केही न केही काम गरेका नागरीक आउनु गाउँपालिकाको लागि राम्रो हुँनेमा धेरैको बिस्वास रहेको छ ।

गाउँपालिकाले सिफारीस गरेका ७ जना मध्ये एमाले अदानचुलीको लागि महतारा बलियो उम्मेदवार रहेको केही नेताहरुले बताउँदै आएका छन् ।

उनले भने यदी पाटीले बिस्वास गरेर टिकट दिएको खण्डमा गाउँपालिका भित्रका अधिकांस शिक्षित नागरीकले आफुलाई भोट दिएर जिताउँने छन् किनकी मैले समाजको लागि केही गर्न नसके पनि ठुलठुला घटना परिघटनालाई सहज रुपमा समाधान गर्ने र सँधै समाज बिकासको लागि सकारात्मक सोचको बिकास गर्ने काम तिर अग्रसर छु र सबै पाटीका आकांक्षीहरु मध्ये आफु योग्य रहेकाले पनि आफुलाई कुनै पनि पाटीका शिक्षीत नागरीकहरुले बिस्वास गर्ने बताए ।

पत्रकारीता र कानुनमा मास्टर डिग्री गरेका महतारा पछिल्लो समय निरन्तर राजनितिमा लागेका छन् उनि नेपाल पत्रकार महाँसंघको केन्द्रीयी सदस्य,प्रेष चौतारी नेपालको केन्द्रीय सदस्य तथा कर्णाली अञ्चल ईन्चार्ज र अहिले प्रेष चौतारी नेपाल अनुसासन आयोगका केन्द्रीय अध्यक्ष समेत रहेका छन् ।

बैशाख ३० को निवार्चनमा कर्णाली प्रदेशका ६ जना पत्रकार बिभिन्न राजनितिक दलबाट उम्मेदवारमा सिफरीस भैसकेका छन्

प्रकाशित मितिः     ८ बैशाख २०७९, बिहीबार १०:०७  |