एसइई परिक्षा केन्द्र सुर्योदय माबिमा परिक्षा दिने किसोर किसोरीलाइ सरसफाइका सामाग्री बितरण


श्रीनगर । हुुम्लाको अदानचुली गाउपालिकाको एक मात्र माध्यामिक शिक्षा परिक्षा(एसइई) केन्द्र सुर्याेदय माध्यामिक बिद्यालयमा परिक्षामा सहभागी भएका किसोर किसोरीहरुलाइ सरसफाईका सामाग्री बितरण गरिएको छ ।
परिवार नियोजन किशोर किशोरी तथा प्रजनन स्वास्थय सम्बन्धी अभिमुखी कार्यक्रम गरी बितरण गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय टेकु काठमाडौका आर्थिक सहयोगामा स्वास्थ्य सेवा कार्यलय हुम्लाको समन्वयमा सुर्याेदय माबिमा (एसइई) दिन आएका बिधार्थी (किसोर किसोरी)हरुलाई नियमित ससफाईका सामाग्रीहरु किसोरीहरुलाइ सेनेटरी प्याड र कट्टु बितरण गरिएको छ ।
यस्तै परिक्षामा सहभागी किसोरहरुलाइ नियमित सरसफाईका लागि ब्रस मञ्जन र नुहाउने साबुन बितरण गरिएको छ । (एसइई) दिन आएक बिधार्थी सहित शिक्षक शिक्षिका,बिद्यालय परिसरमा खटिएका नेपाल प्रहरी,अन्य कर्मचारी र सहभागी प्रत्रकार गरी जम्मा २ सय १४ जनालाइ बितरण गरिएको हो ।
बिधार्थीहरुलाइ बिद्यालयमा आउदा सहज होस र बिधार्थीहरुमा सरसफाइ भइ नियमित सरसफइ गर्न बानी लागोस भन्ने उद्यले बितरण गरिएको अनमि गिता लामाले जानकारी दिनुभयो ।
किसोरीहरुलाइ महिनावारी हुदा बिद्यालयमा आउन असहज नहोस र सरल ढंगबाट बिद्यालयमा उपस्थित गराउनका लागि सामाग्री बितरण गरिएको पाइएको छ ।
यस्तै किसोरहरुलाइ बिद्यालय आउद सरसफाइ उन्मुख भएर परिक्षामा समाल गराउनका लागि र महिनावारी हुदा दर्गमका किसोरीहरुलाइ सेनेटरी प्याड लगाउन बानी बसोस चनेर बितरण गरिएको अनमि लामाले जानकारी दिनु भयो । उहाका अनुसार सामाग्री परिक्षा सकिए पछि ११ बजे बितरण सुरु गरिएको हो । सामाग्री बिशेषज्ञ डाक्टर सहितको शिबिर संञ्चालन टोलीहरुको समन्वयमा बितरण गरिएको छ ।

प्रकाशित मितिः     ९ बैशाख २०७९, शुक्रबार १९:५६  |