पार्टिका झण्डाले रङ्गिए हुम्ला लगायत आसपासका गाउँ घर


श्रीनगर । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै गाउँघरमा यतिबेला पार्टीका झण्डाले रङ्गिएका छन् । यस क्षेत्र आसपासका गाउँगाउँमा राजनीतिक दलका नेताहरु पुगेका छन् ।

निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहँदा हुम्ला जिल्ला आसपासमा पनि चुनावी सरमगर्मी बढेको छ । यही ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पाटीलाई विजय गराउन विभिन्न पार्टीका राजनीतिक दलहरुले प्रचार प्रसारलाई तिब्र पारेका छन् । बिहान देखि बेलुका अबेरसम्म घरदैलो अभियान गर्ने गरेका छन् ।

यता जनताले आफ्नो पार्टीको झण्डा घरको छतमा फरफराएको देख्न सकिन्छ । चुनावको प्रचार-प्रसारका व्यानर, झण्डा बोक्दै घरदैलो अभियान जाने गरेका छन् । हुम्लामा अहिले कांग्रेस, माओवादी, एमाले, समाजवादी, र स्वतन्त्र उम्मेद्वारहरु घोषणपत्र लिएर जनतामाझ जाने गरेका छन् । मोटर साइकल, गाडी, बोलेरो जिपमा पनि झण्डा फर्फराएका छन् ।

विभिन्न रङका रातो, हरियो, सेता झण्डाले गाउँघरमा चुनावको झल्को गाउँगाउँमा दिईएको छ । तर यता निर्वाचन आचार संहिता भन्दा बाहीर गइ पनर्टीका उम्देवारका फोटासहित चुनाव चिन्ह अंकित ब्यानर पोस्टर समेत टासिएका छन ।

अहिले उम्मेद्वारहरुले आफुलाई विजय गराएमा पाँच वर्ष गर्ने काम सुनाउँदै भोट माग्न आउने गरेको स्थानीय बासिले बताएका छन । अहिले भोट माग्न आउँदा विकास, शिक्षा, स्वास्थ्य, रोजगारी दिन्छौं भन्छन् ।

तर विजयी भएपछि कता हराउँछन् कता ?, अहिले राम्रो सोच, भिजन, योग्य र विकासप्रेमी नेतालाई मत दिने स्थानिय बासिको भनाई रहेको छ ।

प्रकाशित मितिः     २३ बैशाख २०७९, शुक्रबार १८:१२  |