बैशाख ३० गते सम्पन्न निवार्चन पश्चात अन्तीम मतपरिणम आज सार्वजनिक भए सँगै अदानचुली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेशका जिल्ला सभापति मोहनबिक्रम सिंह र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य कर्ण रोकाया सुधार बिजयी भएका छन् । आज बिहान सार्बजनीक भएको मत परिणम अनुसार अध्यक्षमा बिजयी भएका मोहनबिक्रम सिंहले १९५८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् उनका निकटतम् प्रतिस्प्रधि नेकपा एमालेका उम्मेदवार दल फडेराले १३५३ मत ल्याई पराजित भएका छन् । यसैगरी उपाध्यक्षमा निर्वाचित रोकयाले १९९६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्प्रधि स्वतन्त्रबाट लोकेन्द्र भण्डारीले १००६ मत ल्याएर पराजीत भएको निर्वाचन अधिकृतको कार्यालय अदानचुलीको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा भए लगत्तै बिजय र्याली सहित अदानचुली गाउँपालिकाको स्वास्थ्य चौकीको प्रांगणमा कोण सभा गरेको छ उक्त कोण सभालाई सम्बोधन गर्दै उपाध्यक्षमा निर्वाचित कर्ण रोकाया सुधारले आफुले अदानचुली गाउँपालिकाको बिकास र सम्बृद्धिको लागि निरन्तर लागि पर्ने र सबैको सुझाब र सल्लाहले मात्रै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै प्रतिपक्षलाई पनि मिलाएर लैजाने बताउनु भएको छ । उनले आफुलाई निर्वाचित गराउन अहोरात्र खट्ने सबै पाटी कार्यकर्ता सँगगै अदानचुली गाउँपालिकाका नागरिकलाई धन्यबाद समेत दिनु भएको छ । यसै गरी अध्यक्षमा निर्वाचित मोहनबिक्रम सिंहले कार्यपालिकाको पहिलो बैठकबाटै अदानचुली गाउँपालिकामा खानेपानिको ब्यबस्था गर्ने,टेलीकम टावरको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफुले ब्यक्तिगत स्वार्थलाई टाढा राखेर सामुहक काममा निरन्तर लाग्ने र जनताको शासक नभई सिपाईको रुपमा काम गरी अदानचुलीको बिकास र सम्बृद्धिको लागि निरन्तर खट्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आजै भएको मतगणनामा वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका अदानचुली गाउँकमिटिका सचिब डिल बहादुर फडेरा सहितको संयुक्त प्यानल बिजयी भएको छ । उनले निकटतम् प्रतिस्प्रति नेकपा ऐमालेका पुस्कर रोकायालाई १२४ को मतान्तरले पछाडी पार्दै ३४५ मत ल्याएर बिजयी भएका हुँन् । भने उनका निकटतम् प्रतिद्धोन्दी पुष्कर रोकायले २२१ मत ल्याएर पराजीत भएका छन् । अन्य सबै सदस्यहरु गठबन्दनकै बिजयी भएका छन् भने वडा नम्बर ५ मा पनि गठबन्धनकै एकिकृत समाजबादीबाट कमल छत्यालको पुरै प्यानल बिजयी भएको छ ।