हुम्ला । हुम्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गर्ने भएका छन् । यहाँका ७ वटै स्थानीय तहका नवनिर्वाचित अध्यक्षले शपथ लिने भएका हुन् । जिल्लाका ७ वटा गाउँपालिकाका अध्यक्षले पद तथा गोपनीयतको शपथ लिन लागेका छन् । स्थानीय तहका अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ ग्रहण लिनुपर्ने व्यवस्था छ ।
सोही बमोजिम जिल्ला न्यायाधीस एवं मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । जिल्ला सदरमुकाम सिमिकोटमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा बिहान ११ बजे सपथ ग्रहण गर्न लागेको जानकारी प्राप्त भएको छ ।
अदानचुली गाउपालिकामा नेपाली काङ्ग्रेसका मोहन बिक्रम सिंह,ताजाकोट गाउपालिकामा माओवादी केन्द्रका लाल्केश जैशी,चखेली गाउपालिकामा स्वतन्त्रका पयारिलाल शाही,सर्केगाडमा नोपली कांग्रेसका ठान बहादुर रोकाया,खार्पुनाथमा नेपाली काग्रेसका कर्ण रावल,सिमिकोटमा मओवादी केन्द्रका बिजय भण्डारी र नाम्खामा माओवादी केन्द्रका प्रेम लामा निर्वाचित भएका छन ।