७ स्थानिय तह रहेका हुम्लाका नव निर्वाचित जनप्रतिनिधिले सफथ ग्रहण गरे


हुम्ला । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूले सफथ ग्रहण गरेका छन् । शुक्रबार आज मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा जिल्लाका सातवटै गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्ला सदरकुकाम सिमिकोटमा सफथ ग्रहण गरेका हुन् ।

सफथ ग्रहणमा चंखली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही सहभागिता नभएको र अन्य ६ वटा गाउँपालिकाका अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले जिल्ला सदरमुकाम स्थित जिल्ला समन्पय समितिको सभाहल्मा सफथ ग्रहण गराएका थिए ।

अदानचुली गाउपालिकामा नेपाली काङ्ग्रेसका मोहन बिक्रम सिंह,ताजाकोट गाउपालिकामा माओवादी केन्द्रका लाल्केश जैशी,चखेली गाउपालिकामा स्वतन्त्रका पयारिलाल शाही,सर्केगाडमा नोपली कांग्रेसका ठान बहादुर रोकाया,खार्पुनाथमा नेपाली काग्रेसका कर्ण रावल,सिमिकोटमा मओवादी केन्द्रका बिजय भण्डारी र नाम्खामा माओवादी केन्द्रका प्रेम लामा निर्वाचित भएका छन ।

शुक्रबार हुम्लाका सातवटै गाउँपालिकामा भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र धांदलि रहित तरिकाले निर्वाचन सम्पन्न गरेकोमा सातवटै गाउँपालिका निर्वाचन अधिकृत, ४४ वटै वडाका मतदान अधिकृत, कर्मचारी र मतदाताहरुले निर्वाचन सम्पन्न गराएको पौडेलले बताउयनु भएको छ ।

त्यस्तै सिमकोट गाउँपालिका नव निर्वाचित अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका उपाध्यक्ष र वडा नम्वर १ देखि ८ सम्मका अध्यक्ष लगायत वडा सदस्यहरुलाई सफथ ग्रहण गाराइ सकेका थिए ।

त्यस्तै प्रमख जिल्ला अधिकारी परियार, खापूृनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्य र नाम्खा गाउँपालिका निर्वाचन अधिकृत हरि प्रसात अधिकारीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई टसिखाता र अविर लगाई सम्मान तथा स्वागत गरेका थिए ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७९, शुक्रबार १८:२१  |