स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित भएका शाहीले एक्लै लिए सपथग्रहण


हुुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका प्यारीलाल शाहीले एकलै पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । निर्वाचित शाही यस अघि अन्य ६ गाउपालिकाका अध्यक्षहरुलाइ सफथ ग्रहण गराउदा उपश्थिित हुन नसके पछि आज लिएका हुन । अन्य गाउपालिकाका अध्यक्षहरुले जेठ ६ गेत सहभागि भएर सफथ लिए पनि शाहीले आज आइतवार एकलै भए पनि सपथ ग्रहण लिएका हुन् ।
अध्यक्ष शाहीलाई हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत एव जिल्ला न्यायधिस जगत बहादुुर पौडेलले पद तथा गोपनीयताको सपथ खुुवाएका हुन् । मुुख्य निर्वाचन अधिकृत पौडेलले चंखेली गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित शाहीलाई सपथ खुवाउने कार्य सम्पन्न भएको बताएका छन ।
शाही चंखेलीबाट सदरमुुकाम सिमकोट आउँन ढिलो गरेका कारण सो कार्य ढिलो भएको बताइएको छ । जेठ ६ गते मात्रै जिल्लाका अदानचुली, ताँजाकोट,सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका नव निर्वाचित अध्यक्षहरुलाई सपथ खुवाउने कार्य भई सकेको थियो ।
स्वतन्त्रबाट निर्वाचित भएका शाही हिजो शनिवार हेलिकोप्टरमा सिमकोट आई पुुगेका हुन् । उनले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गोबिन्द शाहीलाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
स्वतन्त्रबाट बिजयी भएका शाहीले १ हजार ६ सय ९५ मत ल्याएर विजयी भएका हुन् । उनी नेपाली काँग्रेसबाट रुष्ट उम्मेदवार हुन् । पार्टीले टिकट नदिएपछि उनीले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । उनलाई नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको पनि सहयोग रहेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा प्रत्यासी भए पनि १ सय ७४ मतले पराजित हुनु परेको थियो ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७९, आईतवार १७:३२  |