चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट


जेष्ठ २८ शनिवार । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको स्थानीय कणर्बहादुर शाहीले बताउनु भएको छ ।

शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूणर् रूपमा जलका छन भने एक घरमा आंशिक क्षति पुगेको छ । आगलागीमा दुई पशु समेत जलेर नष्ट भएका छन । घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङमा आगलागीबाट एक करोड ८१ लाख ७५ हजार रुपौयाँ बराबरको क्षति भएको पुष्टी भएको छ ।

आगलागीमा दुई घर पूणर् रूपमा जलेर नष्ट भएको, एक घरमा आंशिक क्षति पुगेको र दुई वटा गोठमा राखेका पशु जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय कणर्बहादुर शाहीको घरबाट सोलारको विद्युत सर्ट भएर आगलागी सुरू भएको र उक्त आगलागीबाट अन्य दुई घरमा पनि सल्किएको थियो ।

शाहीको पाँच कोठे घर, लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगाएत घरमा भएको सम्पूणर् सामान जलेर नष्ट भएको छ भने गोरबहादुर शाहीको घरपनि जलेर नष्ट भएको छ । कणर्बहादुर शाहीको २८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने जयबहादुर शाहीको एक हल गोरु र खच्चड पनि जेलेर मरेका छन् ।

जयबहादुर शाहीको घरमा छोराले केही दिन अगाडि विदेशबाट पठाएको ११ लाख नगद, २९ तोला सुन, केही चाँदी पनि जरेर नष्ट भएको पीडित पक्षले प्रहरी मुचुल्कामा उल्लेख गरेका छन् । उनको एक करोड पचास लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी अर्का स्थानीय शेरबहादुर पालको घर आगलागीबाट आंशिक क्षति पुगेको छ ।

आगालागीबाट पालको तीन लाख बराबरको क्षति भएको छ । आगालागी भएको जानकारी पाउने बित्तिक्कै पिप्लाङमै रहेको प्रहरी चौकीका इन्चार्ज मोहनदत्त भट्टको नेतृत्वमा गएको १२ जना प्रहरी र स्थानीय बासिन्दाको टोलीले बिहान साँढे छ बजे मात्र दन्ििक रहेको आगोलाई नियन्त्रणमा लिएको थियो । मध्यराती आगलागी भएको भएपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ भने आगालागी पीडितहरू घरवारविहीन भएका छन् ।

प्रकाशित मितिः     २८ जेष्ठ २०७९, शनिबार १७:५२  |