गाउँसभा तयारीको लागि दलहरूकाे सुझाब लिदै अदानचुली गाउँपलिका,नयाँ सँस्कारको सुरुवात गरेको स्थायी कमिटी सदस्य बोगटीको भनाइ ।


११ औ गाउँ सभाको लागि अदानचुली गाउँपलिकाले आज राजनितिक दलहरुबाट सुझाब लिएको छ । आज बिहान अदानचुली गाउँपालिकाको सभाहलमा आयोजना गरेको उत्तः कार्यक्रममा अदानचुली गाउँपलिकामा स्थापीत राजनितिकदलका मुख्य पदाधीकारीहरुलाई बोलाएर भोली हुँन गैरहेको ११ औ गाउँ सभा तथा निति तथा कार्यक्रमको लागि सुझाब लिएको अदानचुली गाउँपलिका स्रोतले जनाएको छ । अदानचुली गाउँपालिकाका अध्रयक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा तथा नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्रमुख आतिथ्य तथा पुर्ब राष्टिय सभा सदस्य कबिता बोगटीको बिशेष आतिथ्यमा सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटीले बिगतलाई कोट्ट्याउनु भन्दा पाठ सिक्ने बाहेक अरु केहि नरहेको बताउनु भयो उहाँले यस गाउँपालिकाले यस किसिमको नयाँ सँस्कारको सुरुवात गरी आफुलाई महत्वपुर्ण भुमिकामा बोलाएको प्रति आभार प्रकट गर्दै हामी सबैको सामुहित एकता,प्रतिबद्धता र आवश्यकता रहेको सुझाब दिनु भएको छ उहाँले यस अघिको सरकार र अहिलेको सरकारले पनि कुनै पनि जग्गा बाँझो नराख्ने निति लिएकाले अदानचुली गाउँपालिकाले पनि यसलाई प्राथामिकता दिन आग्रह गर्दै जहाँ पैसा आउँछ त्यहाँ योजना भन्दा पनि जहाँ आवश्यकता छ त्यहाँ योजना बिनियोजन गर्न सुझाब दिए ।

कार्यक्रमका बिशेष अतिथि पुर्ब राष्टिय सभा सदस्य कबिता बोगटीले बिकास भनेको सडक खन्नु मात्र नभई बालबिाह बहुबिबाह जस्ता बिकिृति बिसंगतीलाई न्युनिकरण गर्नु पनि बिकास भएकाले यस किसिमका कार्यक्रमलाई पनि प्राथामिकता दिन आग्रह गरिन् ।

उपस्थीत सबै राजनितिक दलहरुबाट सुझाब लिइ सके पश्चात गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले दिएका सबै सुझाबहरु ग्रहण गर्न योग्य रहेकाले समेट्ने प्रयास गर्ने बताउनु भयो । यस्तै उहाँले आफ्नो पहिलो काम दिसा सिसा परिर्बतन गर्ने,२०८० सम्म अदानचुली ६ को पाल्स सम्म सडक बिस्तार गर्ने लगायतका प्रतिबद्धता ब्यक्त गर्दै यस अघिका जनप्रतिनिधिले बरबुजारथ गर्नुको सट्टा अहिले सम्म जिन्सी सामाग्री के कती छ अहिले सम्म एकिन नगरेको र आफुले अहिले सम्म गाउँ कार्यपालिकाको बैठकको पुस्तीका सम्म नपाएको बताउँदै हामीले यस अघिका जनप्रतिनिधि जस्तै लुकेर जाने अबस्था नगरी हाँसी हाँसी सिर ठाडो पारेर बिदाई हुँने जस्ता काम गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा नेकपा बिप्लबका जागरण थापा,एकिकृत समाजबादीका नवराज कार्की र गोरख थापा,नेकपा माओबादी केन्द्रका मान बहादुर थापा र हरिदल पुन,एमालेका नवराज महतारा,नेपाली काँग्रेशका सेर बहादुर बुढा र राम बहादुर टमटाले सुझाब दिएका थिए गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधार,६ वटै वडाका वडा अध्यक्षहरु,गाउँकार्यपालिकाका सदस्यहरु,बिभिन्न शाँखाका प्रमुखहरुको समेत उपस्थिीती रहेको थियो ।उक्त कार्यक्रम सम्पन्न भए लगत्तै भोली हुँन गैरहेको गाउँ सभामा पेश गरिने प्रस्ताबीत कार्यक्रमहरु पेश गर्नको लागि सम्पुर्ण शाँखाहरुको पनि छलफल भएको छ ।

प्रकाशित मितिः     ९ असार २०७९, बिहीबार २२:१०  |