सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट


मालीक होईन सेवक हौ भन्ने मुल मान्यतालाई आधार मानेर समृद्ध गाउँपालिका,सुखी गाउँबासी मुख्य लक्ष राखेको सोरु गाउँपालिकाले आ.व.२०७९।०८० का लागि ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आज सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रममा हाम्रो गाउँ हामी आफै बनाउँ जस्ता लोकपृय कार्यक्रमहरु प्रस्तुत गर्नु भएको छ ।

सामाजीक ससक्तीकरणका लागि सहकार्य,गुणात्मक शिक्षामा लगानी अपरिहार्य भन्दै योजनावद्ध शिक्षण शिकाइ कृयाकलाप बढाउन शिक्षक डाएरी तयार पारी लागु गर्ने,उत्कृष्ट कार्य सम्पादन गर्ने प्र अ एवं शिक्षकहरुलाई पुरस्कृत तथा सम्मानीत गर्ने कार्यक्रम राखीएको छ । संभाब्यता अध्ययन गरी रैथाने बिज भण्डारण सिड बैंक स्थापना गरीने बताए ।गाउँपालिका भित्रको सम्पुर्ण माटो परिक्षण गरी सोही अनुसार कार्यक्रम तय गर्ने बताउनु भएको छ ।

उपाध्यक्ष शाहीले बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको पुर्वाधार बिकास गर्दै उपयुक्त स्थानहरुमा पार्क तथा भ्यु टावर निमार्णको लागि थालनी गरीने,गाउँबासीको चाहाना,उज्यालो गाउँपालिका हाम्रो चाहाना भन्ने मुल मन्त्रलाई आत्मसाथ गरी रुम खोला,नेर खोला र दैइ खोलाको जलबिद्युतलाई स्तरउन्नती गरिने र तारापानीमा निमार्णधिन १० सैयाको अस्पताल अबिलब्ध सञ्चालनमा ल्याउन पहल गर्ने पनि उल्लेख गरीएको छ ।

प्रकाशित मितिः     ११ असार २०७९, शनिबार २१:०२  |