२ करोडमा प्रशासकिय भबन १ करोडमा मोटरएबल पुल बनाउने चंखेली गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश


भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनिक निर्माणका लागि दुुई करोड बजेट विनियोजित गरिएको छ ।

निर्वाचित भएलगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिएलगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए । गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले आगामी आर्थिक वर्षका लागि गाउँसभामा प्रस्तुुत गरेर पारित भएको बजेट ३१ करोड छ ।

उपाध्यक्ष शाहीले बजेटले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सञ्चार, लक्षित वर्गका कार्यक्रमले प्राथमिकता दिएको बताइन्। गाउँसभामा प्रस्तुुत भएको बजेट पारितसमेत भएको छ । अध्यक्ष शाहीले हाल भाडाको घरमा त्यो पनि साँघुरो गरी बस्नुपरिरहेको कारण आगामी वर्षको बजेट तथा कार्यक्रममा नयाँ प्रशासनिक भवन निर्माण कार्यलाई पहिलो प्राथमिकता राखिएको बताए । उनले नयाँ भवन निर्माणका लागि दुुई करोड बजेटको व्यवस्था भएअनुुसार काम पनि अगाडि बढ्ने बताए ।

त्यसैगरी मुुगुु हुँदै चंखेली हिमालबाट सडक गाउँपालिकासँग जोडिए पनि लोतीमा मोटरेबल पुुल नहुँदा हाल गाउँपालिका केन्द्र सडकसँग नजोडिएको कारण पुुलका लागि एक करोड बजेट विनियोजित गरिएको बताए । त्यसैगरी, बजेटले गाउँपालिका केन्द्रका १५ शय्याको अस्पताल निर्माणका लागि २० लाख, शिक्षामा एक करोड बीस लाख, कृषि र पशुमा बीस–बीस लाख, स्वास्थ्यमा ४५ लाख विनियोजन गरेको छ ।

अध्यक्ष शाहीले लक्षित वर्गअन्तर्गत गाउँपालिकाका सबै दलित घरधुरीलाई ग्यास चुलो र सिलिन्डरको व्यवस्थासमेत गरिएको छ ।

प्रकाशित मितिः     ११ असार २०७९, शनिबार २१:२०  |