कर्पुखोला जलविद्युत योजनाको सम्पुर्ण काम सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता 


साउन १० हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका वडा नम्बर ४ मा स्थित कर्पुखोला लघु जलविद्युतको निर्माण कार्य सम्पन्न भएको छ । उत्त जलबिद्युतको काम सम्पन्न भएपछि सोमबारबाट  विद्युत उत्पादन सुरु भएको हो ।

निर्माणका लागि सम्झौता भएर छोटो समयमा काम सम्पन्न हुँदा ताँजाको ३,४ र ५ का उपभोक्ताहरूले विद्युत उपभोग गर्न पाएका छन । योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लिला राईले ११२ किलोवाट क्षमता भएको विद्युत उत्पादन क्षमता सहितको योजनाको काम सम्पन्न भएर सेवाग्राहीका घरघरमा विद्युत आर्पूती सुरु भएको बताउनु भएको छ ।

उनले उक्त योजनाबाट एक सय किलोवाट विद्युत उत्पादनको क्षेमता भएको भएपनि बढी उत्पादन भएको बताए । अब सेवाग्राहीले यस अघिको सोलार, टुकी र सल्लाको दियालो बाल्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन । यसबाट उक्त गाउँपालिकाका ३ वडाका ९०२ घरधुरीका बासिन्दा प्रत्यक्ष लाभभान्वित भएका छन । उत्त जलबिद्युत आयोजनाका लागि ८ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ बिलायती सेनाको काँधुरी संस्थाले सहयोग गरेकोे र स्थानीय उपभोक्ताहरूले दुई करोड ५५ लाख नौ हजार ६० रुपैयाँ श्रमदान एवं योगदान गरेको ताजाकोट गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत लालप्रसाद ठकालले जानकारी दिनुभएको छ ।

उहाका अुनसार काधुरी संस्थाका इन्चार्ज राई लगाएत १८ जना कामदार उक्त आयोजना सम्पन्न गर्नकै लागि रात दिन खटिएका थिए । योजना सम्पन्न गर्न जम्मा २५६ दिन लागेको बताईएको छ । संस्थाले विद्युत योजनाको निर्माण कार्य पूरा गरेर सञ्चालनमा आएपछि समितिको जिम्मा लगाएर काधुरी संस्था बिदा भएको छ । उत्त गाउपालिकाका स्थानिय समेत रहनु भएका स्वास्थ्य संयोजक राजेन्द्र स्याêकुले लघु जलविद्युत योजनाको सम्पूर्ण काम एक साथ सुरु भएको बताउनु भएको छ ।

त्पादन बढी र खपत कम भएको बताउँदै उहाले यसबाट गाउँपालिकालाई काम गर्न सहज भएको बताउनु भएको छ । उपभोक्ताहरूले बत्ती प्रयोगदेखि विद्युतबाट सञ्चालन हुने सम्पूर्ण कार्यहरू गर्न पाएका छन । विकास निर्माणमा हुने ढिलासुस्तीका लागि उक्त योजना छोटो समयमा सम्पन्न हुनुले अन्य निकायले यसको अनुशरण गर्नु आवश्यक देखिएको छ ।

प्रकाशित मितिः     १० श्रावण २०७९, मंगलवार १७:२८  |