करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा


साउन १४ श्रीनगर । करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा परेका छन् । टेलीफोनको एक मात्र साधनको रुपमा रहेको टेलीफोन सेवा अबरुद्ध हुँदा यस क्षेत्रका सेवाग्राहीहरु मर्कामा परेका छन् । भिईमा रहेको टावरले काम गर्न छोडेको सोरु गाउँपालिकाका भिई धैन लगायत अदानचुली गाउँपालिकाका अधिकांस ठाउँहरु सञ्चारबाट बन्चीत हुँनु परेको सेवाग्राहीहरुले बताएका छन् यता अदानचुली गाउँपालिकामा रहेकका दुबै टावरमा समेत खराबी आए पछी सञ्चार सेवाबाट ठप्प भएका हुँन् केही दिन अघि सामान्य काम गरी रहेको भए पनि केहि दिन यता ठप्प भएको छ । कुनै बेला मोबाईलमा टावर देखाए पनि नेटवर्क नहुँनुले धेरै पटक प्रयास गरेपछि मात्र फोन लाग्ने तर कुनै पनि कुरा नभई फोन काटीने गरेको बताएका छन् टेलीफोन नेटवर्ककै कारण दुर्गम क्षेत्रमा स्थापीत रेडियो श्रीनगरलार्ई समेत सुचना र समाचार संकलन गर्न सकिएको छ । कुन टावरमा खराबी आएको हो भन्ने बिषयमा समेत जानकारी लिनको लागि सम्बन्धीत निकायलाई सम्पर्क गर्न समेत सकिएको छैन ।

प्रकाशित मितिः     १३ श्रावण २०७९, शुक्रबार ०७:४५  |